सुदूरपश्चिममा यसरी मनाइयो ‘गौरा पर्व’ (फोटो फिचर)

सुदूरपश्चिममा यसरी मनाइयो ‘गौरा पर्व’ (फोटो फिचर)

धनगढी : कोरोनाको कहरको प्रवाह नगरी सुदूरपश्चिममा गौरा पर्व मनाइएको छ। गौरा, सुदूरपश्चिम प्रदेशको मौलिक पर्व हो। गौरा अन्तर्गत सोमबार चौथो दिन, अठेवाली मनाइएको छ। पञ्चमीबाट सुरु हुने गौरा पर्वमा अठेवालीको दिन महत्वपूर्ण मानिन्छ।

अठेवालीको दिनमा, पञ्चमीको दिन भिजाईको विरुडाले पती, छोरा छोरी र आफन्तहरुको टाउको पुजन गरी सुस्वास्थ्य एवम दिर्घायुको कामना गरिन्छ। आजको दिन शिवपार्वतीको विवाहको दिन हो। 
यस सुखद अवसरमा विरुडाले आफन्तको टाउको पुजन गरी सुस्वास्थ्य एवम दिर्घायुको कामना गरिन्छ। नजिकको गौरा मन्दिरमा गएर पुजाआजा गर्दै विवाहित महिलाहरुले, बेलुकी पख विरुडाले आफन्तको टाउको पुजन गर्ने गर्छन्।

शिवजीलाई पतिका रुपमा पाउनका लागि पार्वतीले गरेको कठोर तपस्या देखि नै गौरा पर्वको सुरुवात भएको शिवपुरी धामका पुजारी हरि नारायण भट्टले बताए। ‘शिवजीलाई पतिका रुपमा पाउनका लागि माता पार्वतीले कैलाशमा कठोर तपस्गा गर्नुभयो, १२ वर्षको तपस्या पछि शिवजी प्राप्त भए। त्यसैले गौरामा पनि शिवपार्वतीको विवाह लगायतका गाथाहरु गाईन्छन।’

शिवपुरी धामकै अध्यक्ष बलदेव प्रसाद भट्ट, भगवान शिवपार्वतीको विवाहको कथा भएपनि, यो पर्व सुदूरपश्चिममा मात्र मनाइने भएकाले यस प्रदेशको मौलिक पर्व भएको बताउँछन्। उनी भन्छन, ‘यो सामाजिक सद्भाव, पारिवारिक मिलनको पर्व हो।’
गौराका अवसरमा विदेशमा गएका छोरा बुहारी घरमा आउने, एकै ठाउँमा विरुडा भिजाएर पूजाआजा गर्ने, छरछिमेकमा पनि मिलेर महिलाहरुले विरुडा धुने र भिजाउने, सँगै फाग धुमारी गाएर गौरा मनाउने भएकाले पनि यो पर्व सामाजिक मिलनको पर्व हो।’

सुदूरपश्चिमका अधिकांस जिल्लामा अहिले पनि प्रशासनले निषेधाज्ञा नै जारी गरेकोछ। कोरोनाका बिरामीको संख्या नघटेपछि, प्रशासनले स्वास्थ्यका मापदण्डहरु पुरा गरेर नित्य पूजाका लागि भने रोक लगाएको छैन। सोमबार, अधिकांस गौरा मन्दिरहरुमा महिलाहरुले पूजाआजा गरेका छन्।
शुक्रबार विरुडा भिजाएर गौराको विधिवत सुरुवात भएको हो। गुराउस, केराउ, गहत, गहुँ र मास गरी पाँचवटा अनाजलाई सुदूरपश्चिमको भाषामा विरुडा भनिन्छ। अंकुराएको यो पञ्चअनाजले, श्रीमान, छोरा छोरी र आफन्तको टाउको पूजा गर्‍यो भने दिर्घायु हुने विश्वास छ।
‘पञ्च विरुडाले आफन्तको पुजन गरिन्छ, भगवानलाई पारिवारिक सुखका लागि प्रार्थना गरिन्छ, यसरी टाउको पुजन गरियो भने दिर्घायु हुने विश्वास छ’ ब्रतालु कलावती भट्टले भनिन्।

विवाहिता महिलाले पुरुषले जनै लगाएझैं आज दुबधागो लगाउने गर्छन्। रातो रङको घाँटीमा लगाउने दुबधागो लगाएर, आफन्तको टाउको पुजन पछि मात्रै भोजन खाने गरिन्छ। 

आजको दिन, महिला र पुरुषहरुले देउडा खेलेर रमाईलो गर्ने गरेपनि कोभिडका कारण शिवालयहरुमा नित्य पूजा बाहेकको रमाईलो भने भएन। प्रशासनले, भौतिक दुरी कायम गर्दै नित्य पूजा गर्न दिएपनि, भीडभाड नगर्न भनेपछि पुरुष र महिलाका देउडा नभएका हुन्। यद्यपी कुनै कुनै स्थानमा भने देउडा खेलेर रमाईलो पनि गरिएको छ।
पञ्चमीका दिन विरुडा भिजाउने, षस्टीकम दिन धुने, सप्तमीका दिन गौरा भित्र्याउने र आज अठेवाली बनाउने चलन छ। गौरा पर्व अझै दुई तीन दिनसम्म मनाउने चलन छ। कुनै जिल्लामा त पाँच/छ दिनसम्म पनि रमाईलो गरी मनाउने गरिन्छ। तर कोरोनाका कारण अधिकांश स्थानमा सोमबार नै गौरा सेलाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.