सहचालकको हत्या गरी फरार व्यक्ति पक्राउ

सहचालकको हत्या गरी फरार व्यक्ति पक्राउ

काठमाडौं : रोकेर राखेको बसभित्र सह–चालकको हत्या गरेर भागेको आरोपमा प्रहरीले सुरेश परियारलाई पक्राउ गरेको छ। गत साउन २८ गते  काठमाडौंको स्युचाटारमा राति बा.४.ख ४२१ नम्बरको रोकिराखेको बसभित्र रमेश खत्री मृत भेटिएका थिए। 

सिन्धुपाल्चोक चौताराका खत्री चक्रपथ परिक्रमा गर्ने  सोही बसका सहचालक हुन्। खत्रीलाई उक्त दिन करिव ६.३० बजेको समयमा ढुंगाले हानी हत्या गरिएको थियो। हत्यापछि उनको मोबाइल, ज्याकेट लिएर परियार फरार भएका थिए। 

गोरखा सिरानचोक गाउँपालिका–६ का १८ वर्षीय सुरेश परियार पनि अर्को गाडीको सहचालक हुन्। महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी अपीलराज बोहोराका अनुसार खत्री र परियारबीच कुनै पनि पुरानो सम्बन्ध, रिसइवी थिएन। मोबाइल चोरी गर्नका लागि कुटपिट र हत्या भएको उनले बताए।  

खत्रीको हत्यापछि परियार भागेर चितवन पुगेका थिए। हत्या आरोपीलाई महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले चितवनको पोखरा बसपार्कबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो। ज्याकेटभित्र ढुंगा बेरेर हिर्काएर उनले हत्या गरेका थिए। हत्यापछि मृतकको कपडा र मोबाइल बोकेर उनी फरार भएका थिए। उनलाई ज्यान सम्बन्धी कसुरमा म्याद लिएर महानगरीय प्रहरी वृत्त कालिमाटीले अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.