अफगानिस्तानदेखि अमेरिकी सेनाको फिर्ती पूरा : तालिबानले मनायो विजय उत्सव

अफगानिस्तानदेखि अमेरिकी सेनाको फिर्ती पूरा : तालिबानले मनायो विजय उत्सव

काबुल : अमेरिकी सेनाको अन्तिम डफ्फाले अफगानिस्तान छाडेसँगै तालिबानले उत्सव मनाएको छ। करिब दुई दशक लामो समयसम्म अफगानिस्तानमा रहेको अमेरिकी सेना सोमबार फिर्ता भइसकेको हो।

११ सेप्टेम्बर सन् २००१ को ट्वीन टावर हमलापछि अमेरिकाले तालिबान सत्तालाई अपदस्थ गरी आफ्ना सेना अफगानिस्तानमा उतारेको थियो।

‘विद्रोही’ समूह तालिबानले अमेरिकी सेना फिर्ताको माग गर्दै आएको थियो। अमेरिकाले पछिल्लो समय सेना फिर्ता लैजान थालेपछि तालिबानले ‘नाटकीय’ रूपमा अफगानिस्तानमाथि कब्जा जमाएको छ। सबै अमेरिकी सेना फिर्ता भएसँगै तालिबानले तोप पड्काएर विजय उत्सव मनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सोमबार अमेरिकी केन्द्रीय निर्देशनालय पेन्टागनमा पत्रकार सम्मेलन गर्दै अफगानिस्तानदेखि सबै सेना अमेरिका फिर्ता गरिसकिएको घोषणा गरिएको थियो। 

‘अफगानिस्तानदेखि हाम्रा नागरिकको उद्धार र सैनिक मिसन पूरा भएको घोषणा गर्दछु’, पत्रकार सम्मेलनमा केन्द्रीय निर्देशनालयका प्रमुख फ््रयाङ्क केनिजले भने।

उनले जटिल परिस्थितिमा चाहेका जति सबै जनाको उद्धार गर्न नसकिएको बताए। ‘हामीले चाहेका जति सबैलाई ल्याउन सकेनौँ। यदि थप १० दिनसम्म हामी त्यहाँ रहेको भए ल्याउ चाहेका मान्छेहरूलाई अर्कोपटक भेट्न सकिने थिएन होला,’ उनले भने, ‘अनि अझै त्यहाँ निराश भएकाहरू थुप्रै होलान्। यो निकै जटिल अवस्था हो।’

अमेरिकी सेनाको फिर्तीलाई तालिबानले ‘ऐतिहासिक क्षण’ भएको बताएको छ। उसले अब अफगानिस्तानले ‘पूर्ण रूपमा स्वतन्त्रता’ प्राप्त गरेको बताएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.