पेट्रोलियम पदार्थमा शुद्धता, परिमाणमा गडबडी

पेट्रोलियम पदार्थमा शुद्धता, परिमाणमा गडबडी

गुलरिया : बर्दियाका पेट्रोल पम्पहरुमा विक्री वितरण गरिने पेट्रोलियम पदार्थहरुमा शुद्धता पाईएको छ । सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाल आयल निगम नेपालगञ्जका विज्ञ टोलीसहितको अनुगमनका क्रममा पेट्रोलियम पदार्थहरुमा शुद्धता पाईएको हो । तर परिमाणमा गडबडी हुन सक्ने अनुमान गरिएको छ ।

जिल्लाका गुलरिया, मधुवन, ठाकुरबाबा, बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकामा संचालनमा रहेका एक दर्जन पेट्रोल पम्पहरु परिक्षणसहितको अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले बताए । हामीले करिव बर्दियाका सबै पम्पहरुमा विक्री वितरण गरिने पेट्रोल, डिजल लगायतका पेट्रोलियम पदार्थको गुणस्तर मापन गर्यौ । सबैमा शुद्धता भेटिएको छ । कमी कमजोरी भेटिएका पम्पहरुमा सुधारका लागि सुझाव दिएका छौँ । उनले भने पम्पहरुमा हुन सक्ने सम्भावित जोखिमहरुलाई न्युनिकरण गर्दै लगानीकर्ताको लिकेज तथा नोक्सानीबाट बच्न सुझाव दिएका हौँ । 

छिटपुट पम्पहरुमा वाष्पिकरणका कारण पानी थिग्रिएको भेट्यौ जुन सफा गर्न निर्देशन दिई सकेका छौँ । पम्पभित्र रहेको पानी सतहमा थिग्रिने हुनाले ग्राहकको सवारी सम्म पुग्दैन । तर ट्याङ्की खिया लागेर चुहिन सक्छ भन्ने हेतुले व्यवसायीको नोक्सानी कम गर्न त्यस्तो सुझाव दिएका छौँ । पेट्रोलियम पदार्थको शुद्धताका सम्बन्धमा सबैलाई ढुक्क हुन शर्माले आग्रह गरेका छन् ।

पेट्रोलियम पदार्थहरुको तापक्रम, घनत्व लगायत ट्याङ्कीभित्र रहेको पेट्रोलियम पदार्थको गुणस्तर मापन गरिएको नेपाल आयल निगम नेपालगञ्जका पेट्रोलियम पदार्थका विज्ञ बालकृष्ण रायले बताए । हामीले फिल्डमा तत्काल पेट्रोलियम पदार्थमा कुनैपनि अशुद्धता भेटाएनौ । एकाध पम्पमा केही पानी थिग्रिएको छ । एउटा ८ हजार १० लिटर डिजल भएको पम्पमा ९० लिटर परिमाणमा पानी थिग्रिएको छ । मिसाईएको पानी होईन । वाष्पिकरण भएर पानी बनेको हो । त्यसलाई सफा गर्दा राम्रो हुन्छ । सबै पम्पहरु गुणस्तमा क्लियर छन् । पानी मिसिएको पेट्रेलमा पानी थिग्रिने र पेट्रोल पानी माथी उत्रिने प्रकृया उनले पानी मिसाएर प्रयोगात्मक देखाएका छन् । 

पानी मिसिएर कसैको गाडी सिज भए पेट्रोल पम्पले क्षतीपूर्ति दिनुपर्ने प्रावधान रहेकाले पम्पहरुले जोखिम मोलेर पानी मिसावट गर्न नसक्ने विज्ञ रायको दाबी छ। मट्टीतेल पेट्रोलमा घुल्छ तर मुल्य समान हुनाले मिसावटको कुनै सम्भावना नभएको उनले बताए । 

आयल निगमले पेट्रोलियम पदार्थमा शुद्धता कायम गराउन धेरै प्रयासहरु गरेकाले सफलता प्राप्त भएको उनको भनाई छ ।

अनुगमनका क्रममा पम्पका तेल दिने मिटरहरुको शिल चेकजाँच गरिएको प्रशासकिय अधिकृत नारायणप्रसाद ढकालले बताए । हामीले सबै पम्पहरुमा तेल नाप्यौँ, परिमाण ठिक छ । कुनै-कुनै पम्पमा परिमाण कम भएको र गुणस्तरहिन पेट्रोलियम पदार्थ विक्रीवितरणको गुनासो आउने हुनाले हामीले अनुगमनलाई तिव्रता दिएका हौँ। ढकालले थपे, 'कतै पुराना, विग्रिएका र नापतौल विभागले प्रमाणित नगरेका मिटरहरुका परिमाणमा फरक आउन सक्छ तर गुणस्तरमा कमी छैन । कतै फायर ग्यास विग्रिएको पायौF । नयाँ राख्न निर्देशन दिएका छौं ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.