भारतको इतिहासमा पहिलो पटक सर्वोच्च अदालतमा ९ न्यायाधीशको सपथ

भारतको इतिहासमा पहिलो पटक सर्वोच्च अदालतमा ९ न्यायाधीशको सपथ

नयाँ दिल्ली : भारतको सर्वोच्च अदालतको इतिहासमा पहिलो पटक एकैपटक नौ न्यायाधीशले शपथ लिएका छन्। भारतका प्रधानन्यायाधीश एनवी रमनालद्वारा मंगलबार नौ न्यायाधीशलाई एकैपटक सपथ गराएका हुन्। 

मंगलबार सपथ लिनेमा तीनवटा महिला न्यायाधीश पनि सामेल छन्। नयाँ न्यायाधीशको सपथसँगै भारतको सर्वोच्च अदालतमा न्यायाधीशको संख्या ३३ पुगेको छ। 

सपथ लिने न्यायाधीशहरुमा अभय श्रीनिवास ओका, विक्रम नाथ, जितेन्द्रकुमार महेश्वरी, हिमा कोहली, बी.बी नागरत्ना, सीटी रविकुमार, एमएम सुन्दरेश, बेला एम त्रिवेदी र पीएस नरसिम्हा रहेका छन्। 

महिला न्यायाधीश नागरत्ना सन् २०२७ मा भारतको पहिलो महिला प्रमुख न्यायाधीश बन्न सक्ने सम्भावना उच्च रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  

सपथ ग्रहण समारोह सर्वोच्च अदालतको भवनको सभाहलमा भएको थियो। यसअघि भने भारतमा नयाँ न्यायाधीशको पदको सपथ प्रधानन्यायाधीशको अदालत कक्षमा दिलाउने गरिन्थ्यो। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.