९४ वर्षीया आमा र ७१ वर्षीय छोराले जिते कोरोना

९४ वर्षीया आमा र ७१ वर्षीय छोराले जिते कोरोना

धरान : सुनसरीको इटहरी उपमहानगरपालिकामा ९४ वर्षीया आमा, ७१ वर्षीय छोरा र ६१ वर्षीया बुहारी कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। इटहरी- ९ का ९४ वर्षीया मद्माकुमारी भट्टराई, उनका ७१ वर्षीय छोरा प्रविण र ६१ वर्षीया बुहारी निर्मलाले एकसाथ कोराना भाइरसलाई पराजित गरेका छन्। 

गत साउन २० गते कोरोना भाइरसको पीसीआर रिपोर्ट पोजेटिभ देखिएका तीनैजना २५ दिनपश्चात संक्रमणमुक्त भएका छन्। उच्च रक्तचाप र दमको समस्यामा रहेकी मद्माकुमारीले आत्मबल दह्रो बनाउन सके कोरोनालाई सहजै पराजित गर्न सकिने बताइन्। कोरोना पोजेटिभ देखिएपश्चात धेरै डर लागेको भएपनि आत्मबल दह्रो बनाई पोसिलो खानेकुरा खाइरहेकाले कोरोनालाई पराजित गर्न मद्दत पुगेको उनको अनुभव छ। 

सुरुमा कोरोना लागेपछि अब त्यसै मरिने भइयो, साथीभाई, आफन्तबाट टाढा हुने भइयो जस्तो लागेको मद्माकुमारीले टेलिफोनमा सुनाइन्। उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माईक्रोवायोलोजि विभागमा कार्यरत नातीले विभिन्न औषधि र चिकित्सकहरु घरमै ल्याएर परामर्श गरेका कारण पनि कोरानालाई आफूले सहज रुपमा पचाएको बताइन्। ‘अब त धेरै ठिक भएको छु, पहिला जस्तै खानेकुरा पनि रुचिरहेको छ, टाढा हिँड्डुल गर्न अलिक हिम्मत आएको छैन’, उनले भनिन्,‘अब त म पनि बाँचे।’ 

मद्माकुमारीका ७१ वर्षीय छोरा प्रविणले पनि आत्मबल दह्रो बनाउन सके कोरोनालाई सहजै परास्त गर्न सकिने अनुभव सुनाए। ‘कोरोना रिपोर्ट पोजेटिभ आएपश्चात वृद्ध आमालाई कसरी जोगाउने भन्ने चिन्ताले सताएको थियो।’ उनले भने, ‘तीनै जनाले आत्मबल दह्रो बनाई पोसिलो खानेकुरा खाएकाले कोरोनालाई पराजित गर्न सफल भयौं। ’कोरोना पराजित गरेका मद्माकुमारी र उनकी बुहारी निर्मलालाई भने उच्च रक्तचाप र दमको समस्या पनि थियो। 

मद्माकुमारीका नाती बीपी प्रतिष्ठानको माईक्रोवायोलोजि विभागका प्रमुख डा. नारायण भट्टराईले वृद्ध हजुरआमा र बुवा आमाले पाँच महिना अगाडि कोभिसिल्ड खोप लगाएका कारण कोरोनालाई पराजित गर्न सफल हुनु भएको जानकारी दिए। उनले हजुरआमा र बुवा आमा बिरामी भएपश्चात औषधि उपचारमा कुनै पनि कमजोरी हुन नदिएको र आत्मबल दह्रो बनाउन पोषिलो खानेकुरा खाइरहेका कारण यो उमेरमा पनि घरमै बसेर कोरोना पराजित गर्न सफल हुनुभएको बताए। डा. भट्टराईले कोरोनालाई पराजित गर्न सबै उमेर समूहका सर्वसाधारणले अनिवार्य खोप लगाउनुपर्ने भएकाले खोपको सहज व्यवस्थापन गर्न सरकारसमक्ष जोडदार माग गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.