वागमती प्रदेश: एमालेका १२ सांसद समाजवादीमा, अष्टलक्ष्मीको मुख्यमन्त्री पद असुरक्षित

वागमती प्रदेश: एमालेका १२ सांसद समाजवादीमा, अष्टलक्ष्मीको मुख्यमन्त्री पद असुरक्षित

हेटौँडा: वागमती प्रदेशसभामा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादीका लागि सनाखत गरेका छन् । राजेन्द्र पाण्डे, रमा आले मगर, लक्ष्मण लम्साल लगायत १२ सांसदले मंगलबार माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका लागि सनाखत गरेका हुन् ।

उनीहरुको सनाखतसँगै अब वागमती प्रदेशमा नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार ढल्ने निश्चितप्राय भएको छ । वागमती प्रदेशसभामा यसअघि नेकपाका ५६ सांसद रहेकोमा १२ सांसद एकीकृत समाजवादीमा प्रवेश गरेसँगै एमाले अल्पमतमा परेको छ ।

१२ सांसदमध्ये राजेन्द्र पाण्डे, कृष्ण खनाल, बसुन्धरा हुमागाईँ, बसन्त मानन्धर, रमा आले मगर लगायत सांसदले यसअघि नै आफूहरु नेकपा एकीकृत समाजवादीमा रहेको घोषणा गरेका थिए । मंगलबार उनीहरुले औपचारिक रुपमा निर्वाचन आयोगमा पुगेर सनाखत गरेका हुन् । नेता राजेन्द्र पाण्डेका अनुसार भदौ २२ गतेसम्ममा एमालेमा रहेका अरु थप केही सांसदहरु समाजवादीमा प्रवेश गर्नेछन् ।

समाजवादीका लागि ककसले गरे सनाखत ?

रमा आले मगर

राजेन्द्र पाण्डे

लक्ष्मण लम्साल

बसुन्धरा हुमागाईँ

बसन्त मानन्धर

पार्वती सिलवाल

कुसुम कार्की

इन्द्रमाया गुरुङ

कृष्ण खनाल

राजेन्द्रमान श्रेष्ठ

माधव पौडेल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.