भूमि आयोगले दियो कालिकोटमा ३३ जनालाई रातोपूर्जा

भूमि आयोगले दियो कालिकोटमा ३३ जनालाई रातोपूर्जा

कालिकोट : भूमि सम्बन्धी समस्या समाधान आयोगले कालिकोटमा ३३ जनालाई रातो पूर्जा दिएको छ। लामो समयदेखि भोगचलन गर्दै आएका अव्यवस्थित रुपमा बसोवास गर्दै आएका ३३ जनालाई मंगलबार रातो पूर्जा दिएको हो।

२०५४ सालमा नामजाँच गरेका तर पूर्जा नपाएका ३३ जनालाई पूर्जा वितरण गरेको आयोगका विषयविज्ञ सचिव रमेश नेपालीले जानकारी दिए। उनका अनुसार पूर्जा पाउनेमा खाँडाचक्र नगरपालिकाका ११ जना, पलाँता गाउँपालिकाका १५ जना र नरहरीनाथ साविकको मालकोटका ७ जना गरी जम्मा ३३ जना रहेका छन्। 

उनले भने, 'सरकारले आफूलाई भूमि समस्या समाधान आयोगको जिम्मा दिएको दुई महिना भित्रै पुराना अधुरा केही कामहरु पूरा गरेका छौं। हामी कर्णाली प्रदेशकै पहिलो पूर्जा दिनेमा परेका छौँ।' 

पहिलो गठित आयोगले नामजाँच गरिसकेको तर पूर्जा मात्र पाउन बाँकी रहेकाको मात्र अधुरो काम पूरा गरेको आयोगका अध्यक्ष धिरबहादुर बमले बताए। 'पूर्जा पाएका ३३ जना सुकम्बासी भन्न मिल्दैन। उनीहरु आफ्नो जमिनमा उब्जनी गरेर खान नपुगेर लामो समयदेखि सार्वजनिक ठाउँमा भोगचलन गरी घर बनाएर बसेका तर पूर्जामात्र नपाएकालाई पूर्जा दिएका हौं', उनले बताए, 'जिल्लामा सुकम्बासी पनि छन् । उनीहरुको बारेमा नयाँ काम सुरु गरिएको छैन। अब आफू रहँदासम्म कालिकोटका सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने छौं।' आफूहरुलाई वर्तमान सरकारले नहटाएमा भूमि समस्या सावधान गर्ने सुकम्बासीको पनि समस्या समाधान गर्ने उनको भनाइ छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.