सुदूरपश्चिममा १० सांसदले रोजे एकीकृत समाजवादी

सुदूरपश्चिममा १० सांसदले रोजे एकीकृत समाजवादी

धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेशका २५ जना सांसदमध्ये १० जनाले नेकपा (एकीकृत समाजवादी) रोजेका छन्। मंगलबार प्रदेश निर्वाचन कार्यालयमा दुई जना मन्त्री, दुई जना राज्यमन्त्रीसहितका १० जनालाई नेकपा एकीकृत समाजवादीमा सनाखत गरिएको हो। 

सभामुखबाहेक विगतमा, नेपाल समूहमा रहेका १७ जनामध्ये १० जनाले नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) रोजेका हुन्। नेपाल पक्षमै भनिएका तीन जना भौतिक पुर्वाधार मन्त्री दीर्घ सोडारी, पुर्व प्रमुख सचेतक तारालामा तामाङ, र राज्यमन्त्री अर्चना गहतराज भने निर्वाचन कार्यालय उपस्थित भएनन्। 

केही कागजातको कमी र प्राविधिक रुपमा उनीहरु निर्वाचन कार्यालय आउन नसकेको तर बुधबार उनीहरु पनि आएर प्रदेशको सबैभन्दा ठुलो दल बन्ने नेकपा एकीकृत समाजवादीकी केन्द्रिय सदस्य तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीले बताइन्। ‘केही कागजातको कमी भएको छ, उनीहरु बुधबार आउँछन्, हामी १७ जनामध्ये कम्तीमा पनि १५ जना हुन्छौं’ उनले भनिन्।

मन्त्री जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, कुलविर चौधरी, अमरबहादुर साउद, बलबहदुर सोडारी र सुशिला बुढाथोकीले माधव नेपाल नेतृत्वका पार्टीमा सनाखत गरेका हुन्।

विगतमा माधव समूहमै रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाह, पूर्वमन्त्री कृष्णराज सुवेदी, पूर्वराज्यमन्त्री प्रकाश रावल र सांसद हर्कबहादुर कुँवरले भने एमालेमै रहने संकेत गरेका छन्। पूर्वमन्त्री पठानसिंह बोहरा, रतना थापा, ग्याल्बुसिंह बोहरा, माया तामाङ बोहरा, लीलाधर भट्ट, नेपालु चौधरी र बलदेव रेग्मी यसअघि नै ओली समूहमा खुलिसकेका थिए। 

केन्द्रको गठबन्धनले मुख्यमन्त्री परिवर्तन गर्ने निर्णय गरेबाहेक सुदूरपश्चिममा एमाले र समाजवादीको यस सनाखतले खासै असर पार्ने देखिदैन। सुदूरपश्चिममा मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्ट छन्। नेकपा एमालेमा जतिसुकै विभाजन भएपनि, केन्द्रको सत्ता गठबन्धन अनुसार माओवादीका १३, काँग्रेसका १२ र जनता समाजवादीका २ जना गरी २७ जनाको बहुमत कायमै रहने छ। त्यसमा नेपाल समुहका सांसद अझ थपिने छन्। तर ओलीतिर रहेका मन्त्रीहरु भने परिवर्तन हुने सम्भावना देखिएको छ। अहिले एमाले संसदीय दलका नेतासमेत रहेका प्रकाशबहादुर शाह आर्थिक मामिला मन्त्री छन्। उनलाई भने परिवर्तन गर्ने सक्ने सम्भावना छ। यद्यपी नेपाल समुहकी केन्द्रीय सदस्य पुर्णा जोशीले भदौ २२ गते यता त्यस्तो कुनै परिवर्नतन नगरिने बताइन्।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबाहेक नेकपा माओवादीका १३, कांग्रेसका १२ र समाजवादीका २ गरी २७ जना छन। ५३ सदस्यीय प्रदेश सभामा २७ जना नै बहुमुत हो। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.