बर्दियामा जनपत्रकार संगठन गठन

बर्दियामा जनपत्रकार संगठन गठन

गुलरिया : जनपत्रकार संगठन नेपाल बर्दियाको प्रथम जिल्ला भेला मधुवनमा भएको छ । 'प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो, ऐक्यबद्धता, मानव अधिकारको रक्षा र सामाजिक उत्तरदायित्वका लागि जनपत्रकारिता' भन्ने मुल नाराका साथ प्रथम जिल्ला भेला गरेको हो ।

भेलाले रमेश प्याकुरेलको अध्यक्षतामा १ जनापछि थप्ने गरी १५ सदस्यीय जनपत्रकार संगठन नेपालको बर्दिया जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा पिताम्वर थारु, सचिव दयाराम न्यौपाने, सहसचिव पदम बहादुर बुढा, कोषाध्यक्ष सुनिता परियार चयन भएका छन् । 

सदस्यहरुमा विजय चपाई, शक्ति परियार, अनिल शाही तनुजा थापा, गिता उपाध्याय, तुलशी थापा, लक्ष्मी सुनार, रिमु चौधरी र दिलचन्द्र चुदारा निर्वाचित भएका छन् ।

भेलाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका विशेष समिति सदस्य हिमशिखरले सम्बोधन गर्दै सत्य बोल्दा फाँसी दिने व्यवस्थाको अन्त्य गर्ने पत्रकारिता चाहिएको बताए। गाँस, बाँस, कपास, स्वास्थ्य, शिक्षाको निशुल्क ग्यारेन्टी गर्ने वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र फासिवादको अन्त्य गर्ने दावी उनले गरेको छ । जनपत्रकार संगठन नेपालका केन्द्रिय सदस्य बसन्त बिकले दलाल पुँजीवादी व्यवस्था कायम भएकाले दलाल पत्रकारिता पनि समानान्तर मौलाईरहँदा त्यसको अन्त्य गर्ने जिम्मेवारी जनपत्रकारको रहेको बताए ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बर्दिया जिल्ला सेक्रेटरी गणेश चौधरीले वर्तमान संसदीय व्यवस्था अन्त्यका लागि संसदीय व्यवस्था वा वैज्ञानिक समाजवाद भन्ने विषयमा जनमत संग्रह गर्नुपर्ने माग गरे । 

भेलाको उद्घाटन शत्रमा बोल्दै नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष यादव प्रसाद आचार्यले पत्रकार आचारसंहिताको अधिकतम प्रयोग गर्दै सम्वृद्धिकाे प्रर्वद्धन गर्नुपर्ने बताए । अखिल क्रान्तिकारी बर्दिया जिल्ला इन्चार्ज लोकेश जोशी लगायतका अतिथिहरुले सवल पत्रकारिततर्फ प्रेरितगर्दै जनपत्रकार संगठनले जनताको पक्षमा कलम चलाउनेमा आशावादी भएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.