अर्याल र बेगमको उम्मेदवारी

अर्याल र बेगमको उम्मेदवारी

साउदी अरबिया : गैरआवासीय नेपाली संघको आगामी (२०२१–२०२३) कार्यकालका लागि मध्यपूर्व संयोजकको पदमा राजेन्द्र अर्याल तथा महिला उपाध्यक्षमा यासमिन बेगमले उम्मेदवारी घोषणा गरेका छन्।

वर्तमान कार्यसमितिमा मध्यपूर्व क्षेत्रीय उपसंयोजकको जिम्मेवारी निर्वाह गरिरहेका अर्याल लामो समयदेखि साउदी अरेबियालाई व्यवसायी रूपमा कर्मथलो बनाई कार्यरत छन्। उनले श्रमिकको हकहितका लागि राहत र उद्धार कार्यमा सदैव तत्पर रहने, वैदेशिक रोजगार ऐन २०६४ पूर्ण रूपमा कार्यान्वयन गर्न÷गराउन सरोकारवालासँग पहल गर्ने, एनआरएनएद्वारा सञ्चालित परियोजनामा मध्यपूर्वका आप्रवासीलाई लगानी गर्न प्राथमिकताका आधारमा सुअवसर प्रदान गर्न पहल गर्ने घोषणा गरेका छन्। सम्बन्धित राष्ट्रका दूतावास तथा अन्य सामाजिक संघसंस्थासँग मिलेर सहकार्य गर्ने, अन्तर्राष्ट्रिय समन्वय परिषद् र मध्यपूर्वका एनसीसीसँग सहकार्य गरेर कार्य योजना बनाई कार्यदिशा तय गर्ने योजना बनाएका छन्। 

मध्यपूर्व महिला उपाध्यक्षका लागि उम्मेदवार दिएकी बेगमले साझा एनआरएनए र सक्षम नेतृत्वले मात्र एनआरएनएको गरिमा र संस्थालाई जीवन्त दिन सक्ने बताइन्।  महिला कामदारमाथि हुने गरेका 

घरेलु हिंसा र परिवर्तनबारे बुलन्द आवाजसहित काम गर्ने बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.