कोरोना भाइरस संक्रमण बढेकाले संसद् विघटन हुँदैन : प्रधानमन्त्री सुगा

कोरोना भाइरस संक्रमण बढेकाले संसद् विघटन हुँदैन : प्रधानमन्त्री सुगा

टोकियो : जापानका प्रधानमन्त्री यासिहिदे सुगाले अहिले नै जापानको संसद्को तल्लोसभा हाउस अफ रिप्रेजेन्टेटिभ विघटन नहुने बताएका छन् । प्रधानमन्त्री सुगाले राजधानी टोकियोमा आयोजित एक कार्यक्रममा बुधबार संसद्को तल्लोसभा हाउस  विघटन नहुने जानकारी दिएका हुन्। जापानमा पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको र यसका कारण राजनीतिक दल र नागरिकले पनि सरकारको विरोध गर्ने गरेका छन् । 

यहाँका विभिन्न विपक्षी राजनीतिक दलले यही कारणले संसद्को विघटन पनि हुनसक्ने बताएका थिए । दलको यही आशङ्काका बीचमा प्रधानमन्त्री सुगाले संसद् विघटनको कार्यक्रम नरहेको स्पष्ट पारेका छन्। 

उनले अहिले नै संसद् विघटन नहुने र प्रतिनिधिसभाको निर्वाचन पूर्वनिर्धारित समयतालिका बमोजिम नै हुने पनि जानकारी दिए । -रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.