भोकभोकै दार्चुलाका पहिरो पीडित : त्रिपाल र खाद्यान्न माग

भोकभोकै दार्चुलाका पहिरो पीडित : त्रिपाल र खाद्यान्न माग

धनगढी : दार्चुलाको दुहु गाउँपालिकाका बाढी पीडितले राहत नपाएको गुनासो गरेका छन् । आइतबार दार्चुलाको दुहु गाउँपालिका १ बासपालिका बस्ने नरसिंह महर र उनकी श्रीमती कौशा महरको मृत्यु भयो । राति सुतिरहेकै अवस्थामा घरमाथिबाट खसेको पहिरोमा पुरिएर उनीहरुले ज्यान गुमाएका हुन्।

दुहु गाउँपालिकाको ५ दुल्लामा बाढीमा परी मनुवा डडालले पनि ज्यान गुमाए। कालागाड खोलामा बेलुकी १० बजेदेखि आएको बाढीले डडाललाई घरैसहित बगाएको थियो। तीनजनाको ज्यान जाने गरी आएको बाढी पहिरोपछि पीडित परिवारले राहत नपाएको गुनासो गरेका छन । ‘चार दिन भयो, विस्थापित भएको। अर्काको घरमा सामान राखेर बस्नु परेको छ, कतिपय प्रभावितहरु स्कुलमा बसेका छन्, आफै सामान किनेर ल्याउनका लागि सदरमुकाम जाने चारवटा पुल बगाएको छ, सरकारले केही पनि राहत दिएको छैन,' दुहुँ गाउँपालिका १ की निर्मला बमले भनिन् ।

उनको घरमा क्षति पुगेको छ । सामान चउरमा राखेकी छिन। ‘टेन्ट, त्रिपाल र खाद्यान्न अभाव भयो, तीनै तहका सरकार छन् तर कसैले पनि बाँच्नका लागि अन्न पनि दिँदैनन्,' उनले आक्रोशित हुँदै भनिन्।

शनिबारदेखि परेको अविरल वर्षाले दुहु गाउँपालिकाको वडा नम्बर १, ३ र ५ मा बढी क्षति पुर्याएको छ। बुधबार पानी रोकिए पनि घरहरु पहिरोसँगै सरिरहेका छन् । दुहुँ वडा नम्बर १ का लक्ष्मण महरले काका र काकी गुमाएका छन्।  ‘पहिरो पीडित विद्यालयमा बसेका छन्, नजिक आफन्त भएकाले त मागेर खाइरहेका छन्,अरुको बेहाल छ। अन्न पानीको समस्या भयो,' उनले भने ।

बाढीले जिल्ला सदरमुकाम नजिकैको लास्कु खोलामा रहेको झोलुंगेपुल, वडा नम्बर ३ मारहेको निजाङगाड पुल, वडा नम्बर ४ र २ जोडने कालागाड पुल र वडा नम्बर १ र २ जोगने कुकुरेपुल बगाएको छ। 

दुहुँ गाउँकै बासिन्दा तथा प्रदेश सरकारको सार्वजनिक लेखा समितिकी सभापति नन्दा बमले संघ र प्रदेश सरकारले दार्चुलाका बाढी पीडितका लागि अविलम्ब त्रिपाल र खाद्यान्न पठाउन माग गरेकी छन् ।

‘मैले प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीदेखि संघ सरकारका गृहमन्त्री बालकृष्ण खाँडलाई फोन गरेर दार्चुलाका बाढी पीडितका लागि त्रिपाल र खाद्यान्न पठाइ दिन अनुरोध गरेकी छु, तर कतैबाट पनि कुनै पहल भएको छैन,' सांसद बमले भनिन्।

उनले आफ्नै परिवारका पाँच परिवार विस्थापित भएको बताइन । ‘मेरै परिवारका पाँच परिवार विस्थापित भएका छन्, बाजथलीका ५० परिवार र धलीगढाका २० परिवारको पनि विचल्ली छ, मन्त्रीहरुलाई भनेपछि हुन्छ, हुन्छ भन्छन् तर जनता भोकले मर्न लागे, कहिले खाद्यान्न जान्छ ? थाहा छैन,' बमले दुखेसो पोखिन्।

पहिरोमा परेर घाइते भएका दुईजनालाई हेलिकोप्टरबाट सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । सांसद बमले तत्काल हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गर्नुपर्ने माग गरिन्। ‘बाढीपीडित भोकले मर्न लागे, सदरमुकाम जाने बाटो छैन, सरकारले खाद्यान्न दिँदैन,' आक्रोशित हुँदै भनिन्, 'दुर्गमका जनताका पीडा सरकारले बुझोस् ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.