अफगानिस्तानबाट ८४७ नेपाली फर्किए

अफगानिस्तानबाट ८४७ नेपाली फर्किए

काठमाडौँः अफगानिस्तानबाट ८ सय ४७ नेपाली स्वदेश फर्किएका छन् । तालिबानले सत्ता कब्जा गरेपछि असहज परिस्थिति सिर्जना भएसँगै नेपालीहरू स्वदेश फर्किने क्रम जारी छ ।

तालिबानले अफगानिस्तानमा सत्ता गरेयता त्यहाँ कार्यरत हजारौँ नेपाली त्रसित छन् । काबुल अशान्त भएसँगै त्यहाँ रहेका नेपालीहरू उद्धारको पर्खाइमा रहे पनि फर्किनका लागि रुचि नदेखाएको पाइएको छ ।

फर्किएकामध्ये अधिकांश नेपालीलाई अमेरिकी दूतावासले स्वदेश फर्काएको हो । अन्य दूतावासमा कार्यरत नेपाली पनि स्वदेश फर्कन थालेका छन् । परराष्ट्र मन्त्रालयले काबुलमा उद्धारको पर्खाइमा रहेका थप नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन समन्वय भइरहेको  जनाएको छ । अफगानिस्तानबाट उद्धार भई कतार एयरको दोहा–काठमाडौँको नियमित उडानबाट बुधबार १६ जना, मंगलबार ५ जना, सोमबार ५० जना, आइतबार ८ जना नेपाली स्वदेश फर्किएको परराष्ट्रले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले अफगानिस्तानमा फसेका नेपालीको उद्धार भइरहेका बताइन् । ‘उद्धारका लागि नाम टिपाउनुभएका सबैलाई विभिन्न निकायसँग समन्वय गरी फिर्ता ल्याइरहेका छौँ’, उनले भनिन्, ‘समन्वयमा केही दूतावासले समेत पठाउन सुरु गर्नुभएको छ ।’

उनका अनुसार नाम टिपाएकामध्ये ३४ जनालाई ल्याउन गृहकार्य भइरहेको छ । ‘उहाँहरू सुरक्षित हुनुहुन्छ, हामी उपयुक्त समयमा ल्याउँछौं’ उनले भनिन् ।

काबुलमा राजनीतिक परिवर्तन भएसँगै परराष्ट्र मन्त्रालयले कार्यदल गठन गरी उद्धारका लागि संख्या यकिन राख्न अनलाइन फारम संकलन सुरु गरेको थियो । दोहा, कुवेत लन्डनसमेत लगिएर नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । तालिबानीले सत्ता कब्जा गरेलगत्तै अमेरिकाले त्यहाँ रहेका नेपालीलाई उद्धार गरी ल्याएको थियो । पछिल्लो समयमा सरकारले समन्वय गरी नेपालीलाई स्वदेश ल्याइरहेको छ । यूएनमा कार्यरत नेपाली त्यहाँ सुरक्षित रहेको बताइएको छ । केही छुट्टीमा आउन चाहेको बुझिएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाउने गरिएको छ । कोभिड देखिएमा भने आइसोलेसनमा राख्ने गरिएको छ । अफगानिस्तानमा नै रहेका र आफ्नो नाम दर्ता नगराएकालाई पनि आफैं वा परिवारजनले कन्सुलर सेवा विभागको वेभसाइटमा नाम टिपाउन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ ।

सुरुमा कुनै न न कुनै ढंगबाट पुगेका र पछि कागजातका आधारमा श्रम स्वीकृति लिई लिगलाइजेसन भएका नेपालीहरूको संख्या पनि थुपै्र रहेको विभागले जनाएको छ । वैदेशिक रोजगार विभागका अनुसार अफगानिस्तानमा करिब १५ हजार नेपाली रोजगारीका लागि पुगेका छन् । बर्सेनी हजार बढी श्रमिक रोजगारीका लागि अफगानिस्तान जाने गरेका छन् । संस्थागत (म्यानपावर) भन्दा व्यक्तिगत रूपमा जाने श्रमिकको संख्या बढी छ । अफगानिस्तानबाट कति नेपाली फर्किए र कति अहिले कार्यरत छन् भन्ने यकिन नभएको छैन ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.