गर्भपतनमा प्रतिबन्ध अमेरिकी अदालतबाट अस्वीकार
संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतले टेक्सास राज्यले पारित गरेको गर्भपतनसम्बन्धि प्रतिबन्ध रोक्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधिशहरुले बिहीबार बिहान गर्भपतन सेवा प्रदायक निकायहरुले उपलब्ध गराउँदै आएको सेवा कार्यान्यवन रोक्न टेक्सासले पारित गरेको प्रतिबन्ध अस्वीकार गरेका हुन् ।
अमेरिकी राज्य टेक्सासले ६ हप्तामाथिको गर्भपतनमा रोक लगाउन नयाँ कानुन पारित गरेको थियो । टेक्सास राज्यले 'हर्टविट ऐन' नामक ऐनमार्फत बुधबार गर्भपतनमा रोक लगाउन आदेश दिएको थियो । सो कानुन कार्यान्वयनमा नआउँदै सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
टेक्सासको कानुनले अमेरिकी संविधानको मर्मविपरित बिना निचोड गर्भपतनमा प्रतिबन्ध लगाउन खोजेकोले सर्वोच्च अदालतले गर्भपतन प्रतिबन्ध रोक्न अस्वीकार गरेको न्यायाधिसहरुले बताएका छन् । सर्वोच्च अदालतले गरेको निर्णयको स्वागत गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले महिलाको संवैधानिक हकको कदर गर्नुपर्ने बताए ।
अमेरिकामा सन् १९७३ देखि गर्भपतनले मान्यता पाउँदै आएको छ । गर्भपतनका समर्थकहरुले टेक्सासले नाटकिय रुपमा गर्भपतनमाथि प्रतिबन्ध लगाएको भन्दै बुधबार चर्को आलोचना गरेका थिए ।
गर्भपतनसम्बन्धि नयाँ कानुन लागु भएपछि राज्यमा हुने ८५ प्रतिशत गर्भपतन निषेध हुने र गर्भपतनको मुद्धामा कडा नियम लागु गर्ने टेक्सास अमेरिकाकै पहिलो राज्य हुने अधिकारीहरुले बताएका थिए ।