पोखरामा ठाउँ-ठाउँमा पहिरो : ५ जनाको मृत्यु, एक बेपत्ता

पोखरामा ठाउँ-ठाउँमा पहिरो : ५ जनाको मृत्यु, एक बेपत्ता

पोखरा : पोखरामा बुधबार राति परेको अविरल वर्षापछिको पहिरोले विभिन्न ठाउँमा घर पुरिंदा ५ जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन्। घटनामा ५ जना घाइते भएका छन्। 

पहिरोले घर पुरिँदा पोखरा महानगरपालिकाका २० भलामको गिदरी खोरका ४५ वर्षीय कृष्ण श्रेष्ठको उपचारको क्रमा मृत्यु भएको छ। उनकी श्रीमति ३५ वर्षीय सुनमाया तामाङको घटनास्थलमै मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए। घरमाथिको काहुँपाखा डाँडाको र्‍यालेचौर सामुदायिक वनमा गएको पहिरोले श्रेष्ठको घर नै लतारेर लगेको छ। 

उनीहरुका ३ वर्षका छोरा सन्तोष बेपत्ता छन् भने घाइते भएका ९ वर्षीय छोरा राजकुमारको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको प्रवक्ता हमालले जानकारी दिए। बेपत्ता सन्तोषको नेपाल प्रहरी, नेपाल आर्मी, सशस्त्र प्रहरी र स्थानीयले खोजी रहेका छन्। 

त्यस्तै पोखरा ११ मञ्ज्याङ नमुनाटोलमा पहिरोले घर पुरिँदा  ४२ वर्षीय लक्ष्य नेपालीको उपचारको क्रममा मृत्यु भएको छ उनकी १४ वर्षीया छोरी श्रृष्टि उपचारपछि घर फर्केकी छन्। उनको दुबै खुट्टा र ढाडमा चोट लागेको कास्की प्रहरीले बताएको छ। त्यस्तै गरी पोखरा २० भलामको मुलाबारी देउरालीमा घर भत्किँदा वर्ष २९ की विष्णु सार्की र उनका ८ वर्षका छोरा सुजन सार्कीको मृत्यु भएको हमालले जानकारी दिए। उनीहरु म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुकोटबाट पोखरा आएर बसेका थिए। 

पोखराका विभिन्न स्थानमा गएको पहिरोमा परी ५ जना घाइते भएको कास्की प्रहरीले बताएको छ। पोखरा ११ काहुँ बसेरीका एकदेव तिमिल्सिना र उनकी श्रीमति रितु तिमिल्सिना र वर्ष १९ का छोरा गिरीष घाइते भएको हमालले बताए। पोखरामा २४ घण्टामा २२१.४ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

अविरल वर्षाको कारण पोखरा महानगरपालिका सहित कास्की जिल्लाका विभिन्न स्थानमा पहिरो गएको छ। पहिरोको कारण पोखरा २० भलामको गिदरी खोर महेन्द्र मावि वरपरको बस्ती जोखिममा परेको छ। 

अविरल वर्षापछि राति १२ बजे एक्कासी पहाडै खसे जस्तो गरी बस्तीमाथिको सामुदायिक वनबाट काठपातसहति बगाएर पहिरो आउँदा गाउँमा रुवाबासी चलेको स्थानीय रामजीप्रसाद पौडेलले बताए। चट्याङ र मेघजर्गनका साथ पानी परिरहेको समयमा पहिरो झरेको थियो। पहिरोले लामटारी खोला आसपासका बस्ती नै जोखिममा परेको छ। त्यस क्षेत्रका बस्तीको घरघरमा हिलो माटो पसेको छ। 

रुखसहित बगेर आएको लेदामाटोले घर पुरिएपछि घरमै थुनिएका ८० वर्षका बुबा तुलसी, ८ वर्षका छोरा सुसान्त र १६ वर्षका साला अभिशेक कोइरालालाई राति साढे १२ बजे तिर झयाल फोरेर निकालेको तोयनाथ बास्तोलाले सुनाए। यस क्षेत्रमा यसअघि यस्तो ठूलो पहिरो कहिल्यै नआएको ८० वर्षीय तुलसी बास्तोलाले सुनाए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.