सडक दुर्घटनामा स्वास्थ्यकर्मीको मृत्यु

सडक दुर्घटनामा स्वास्थ्यकर्मीको मृत्यु

जाजरकोट : मोटरसाईकल दुर्घटनामा जाजरकोटमा एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । भेरी नगरपालिका-९ झुप्राखोला नजिकैको भीरमा दुर्घटना हुँदा आधारभुत स्वास्थ्य केन्द्र बुरुङ्गेमा कार्यरत सिनियर अहेव गोपाल कार्कीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दोस्रो चरणको कोभिड-१९ को भ्याक्सिन लिन अहेव कार्की बुधबार भुर पोखरास्थित स्वास्थ्य चौकीमा पुगेका थिए । भ्याक्सिनसहित मोटरसाईकलमा सवार गरीरहेका कार्की झुप्राखोला नजिकैको भीरमा दुर्घटनामा परी मृत्यु भएको हो । मोटर साइकल बाटोबाट करीव पाँच सय मिटर तल खोलामा खसेको थियो ।

भेरी नगरपालिका-८ निवासी कार्की बुरुङ्गेस्थित स्थानिय आधारभुत स्वास्थ्य सेवा केन्द्रका ईन्चार्ज हुन् । बुरुङ्गेमा बिहीबार दोस्रो चरणको कोभिड-१९ भ्याक्सिन लगाउने कार्यक्रम रहेको थियो । स्वास्थ्यकर्मीको मृत्यु भएपछि खोप कार्यक्रम समेत प्रभावित भएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.