वेस्टर्न युनियनले अफगानिस्तानमा आफ्नो सेवा सुचारु गर्ने

वेस्टर्न युनियनले अफगानिस्तानमा आफ्नो सेवा सुचारु गर्ने

काबुल : वित्त सेवा प्रदायक कम्पनी वेस्टर्न युनियनले अफगानिस्तानमा आफ्नो सेवा सुचारु गर्ने भएको छ। तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि आफ्नो सेवा स्थगित गरेको युनियनले बिहीबार वक्तव्य जारी गर्दै सेवा पुनः सुचारु गरिने बताएको हो।

‘सेप्टेम्बर २, २०२१ देखि अफगानिस्तानमा हाम्रो मनि ट्रान्सफर सेवा पुनः सुचारु गर्न लागेको बताउन पाउँदा खुसी लागेको छ’, युनियनले जारी गरेको बक्तव्यमा भनिएको छ, ‘अब दुई सय वटा मुलुकबाट सम्पूर्ण ग्राहकहरूले आफ्ना प्यारा आफन्तजनलाई पैसा पठाउन सक्नुहुनेछ।’

यस्तै कम्पनीले सेप्टेम्बर ३ (आज) देखि १७ सम्म अफगानिस्तान पैसा पठाउँदा शुल्क नलिने पनि बताएको छ। 

अफगानिस्तानमा युनियनसँगै मनिग्राम इन्टरनेशनलले पनि गत महिनाको सुरुवातमै आफ्नो सेवा स्थगित गरेको थियो। सुरक्षा ‘खतरा’ बढ्दै गएको भन्दै उनीहरूले आफ्नो सेवा स्थगित गरेका थिए।

पछिल्लो समय स्थिति सामान्य हुँदै गएपछि यसै सातादेखि अफगानिस्तानका बैंकहरू पनि खुल्न थालेका छन् भने वित्तीय कारोबार तथा निक्षेप सङ्कलन कार्य थालनी गरेका छन्।

(अलजजिराबाट)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.