नेपालगन्ज विमानस्थलबाट ४ किलो सुनसहित २ जना पक्राउ

नेपालगन्ज विमानस्थलबाट ४ किलो सुनसहित २ जना पक्राउ

नेपालगन्ज: नेपालगन्ज विमानस्थल राँझाबाट चार किलो सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार काठमाडौँबाट नेपालगन्ज आएको श्री एयर लाएन्सको फ्लाईट दिउँसो ३ बजे नेपालगन्ज आएका झापाको खादुनावारीका २६ वर्षका अमिर लगुन विश्वकर्मा र मोरङको लेटाङका बुद्धिमान खातीलाई आगमनकक्षमा पक्राउ गरिएको हो ।

उनीहरुबाट प्रहरीले खान तलासी गर्दा विश्वकर्माले लगाएको दुबै जुत्तामा २।२ विस्कुट र बुद्धिमान खातीले लगाएको दुबै जुत्ताको तलुवामा१/१ पिस बिस्कुट गरी ६ थान काँचो सुन ३ किलो ९९४ ग्राम, त्यसैगरी बुद्धिमान खातीले छालाको कालो रंगको झोलामा तिलहरी थान १, वाला थान १, गणेश लकेट ५ थान (तौल २७.४९ ग्राम) गरी जम्मा ४ किलो २१.४९ ग्राम सुन फेला पारेको हो ।

सुनका सम्बन्धमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । नेपालगन्ज विमानस्थलमा एकैपटकमा यति धेरै सुन पक्राउ गरिएको सम्भवतः यो पहिलो घटना हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.