फर्छौट नहुँदै चर्कियो विद्यालयको भवन

फर्छौट नहुँदै चर्कियो विद्यालयको भवन

गौशाला : विद्यालयको ५ कट्ठा जग्गा बिक्री गरी निर्माण गरिएको भवन फर्छौट नहुँदै चर्किएको छ। गौशाला नगरपालिका -८ स्थित जनता अधारभुत विद्यालय (०–६) ढल्केबरका नवनिर्मित दुई कोठे भवनको छत चर्किएको हो। 

जसले गर्दा बर्षायाममा कोठाभित्र पानी चुहिँदा पनि विद्यार्थीहरु पढ्न बाध्य छन्। कक्षाकोठाको अभावमा विद्यालयले बहुकक्षा विधीमार्फत विद्यार्थीलाई पढाइरहेका छन्। वि.सं. २०६७ सालमा तत्कालीन प्रधानाध्यापक विरेन्द्रकुमार साहको पालामा निर्मित सो भवन अझ हस्तान्तरण हुन नसकेको विद्यालय स्रोतले जनाएको छ। 

आफूले सम्बन्धित निकायमा गई पटक पटक भवन पर्छौटको लागि गरिएको पहल असफल भएको विद्यालयका प्रधानाध्यापक घनश्याम देवकोटाले बताए। अलपत्र अवस्थामा रहेको सो भवनलाई आफू कार्यभार सम्हाले लगतै फर्निचरको कामकाज गराएर पठनपाठन सुचारु गराएको प्रधानाध्यापक देवकोटाले जानकारी दिए। प्रधानाध्यापक देवकोटाले भने,‘यस विद्यालयको बेथितीको सम्बन्धमा हरेक जनप्रतिनिधिलाई थाहा छ। उहाँहरु अनेकौपटक अवलोकन गरि जानुभएको छ तर  अपसोच, फर्छौटको सवालका कहिबाट प्रयास भएन।’ 

तत्कालीन जिल्ला शिक्षा कार्यालय महोत्तरीको ६ लाख ४५ हजारको लागतमा कक्षाकोठा निर्माण भएको विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष पृथ्वीबहादुर वलम्पाकीले जानकारी दिए। त्यो भवन बनाउन त्यति रकमले नपुगेपछि थप रकम १ लाख ७५ हजार रुपैयाँ विद्यालयलाई लगानी गर्नुपरेको समितिका अध्यक्ष वलम्पाकीले बताए। उनले भने,‘विद्यालय भवन निर्माण गर्ने क्रममा विद्यालयको नाममा रहेको ५ कट्ठा जग्गा बिक्री गर्नुपरेको थियो। वि. सं. २०७२ सालमा यहाँबाट सरुवा भएका तत्कालिन प्रधानाध्यापक विरेन्द्र साहले वरवुझार्थ नगर्दा अहिले विद्यालय समस्यामा छ।’ 

भवन पर्छौट तथा बरबुझार्थ गर्न पूर्वप्रधानाध्यापक साहलाई अनेकौं पटक ताकेदा गरिएको गौशाला नगरपालिकाको कार्यालयले जनाएको छ।  फर्छौट नभएकै कारण जीर्ण भवनलाई मर्मत गर्न नसकेको गौशाला नगरपालिकाका नगरप्रवक्ता भोजबहादुर दर्लामीले बताए। उनले भने,‘भवन फर्छौट नभएकै कारण अहिले छत मर्मत हुन सकेको छैन। अहिले परिसरमा रहेको अर्को भवनलाई मर्मत गरी कक्षा संचालन गर्ने तयारी भइरहेको छ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.