अमेरिकामा कोरोनाबाट दैनिक १५ सयको मृत्यु
संयुक्त राज्य अमेरिका कोभिड-१९ डेल्टा भेरियन्टको चपेटामा परेको छ । गत जुलाईदेखि अगष्ट महिनासम्म अमेरिकामा सबैभन्दा बढी कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने मृत्युदर पनि उकालो लागिरहेको छ ।
पछिल्लो समय अमेरिकामा ५५ सेकेन्डमा एकको मृत्यु हुने गरेको छ । यस्तै १ मिनेटम १११ संक्रमित हुने बताइएको छ । वासिङटन पोष्टका अनुसार पछिल्लो हप्तादेखि देशभर डेल्टा भेरियन्टको कारण दैनिक १५ सयले ज्यान गुमाइरहेका छन्। डेल्टा भेरियन्टकै कारण बिहीबार मात्र १५ सयको मृत्यु भएको छ । जुन पछिल्लो महिनाकै उच्च मृत्युदर हो ।
अमेरिकाको एङकरेज डेली न्युजका अनुसार हवाई, टेक्सास, भर्जिन आइल्याण्ड, उटाहा, नावेदा, जर्जिया, दक्षिण क्यालिफोर्नीया लगायतका राज्यहरु सबैभन्दा बढी प्रभावित छन् । यी राज्यहरुमा सन् २०२० को तुलनामा २०२१ मा मृत्यु हुनेको संख्या बढेको छ।
अमेरिकामा करिब ४ करोडभन्दा बढी संक्रमित नै छन् भने ४२ लाखभन्दा बढी नयाँ संक्रमित छन् । अमेरिकामा कोभिडकै कारण ज्यान गुमाउनेको संख्या ६ लाख ६२ हजारभन्दा बढी पुगेको छ ।
जो बाइडेनले सरकारले उपलब्ध गराएको कोभिड विरुद्धको खोप सबै मानिसले लगाएपनि पुर्व राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकले भने अझैपनि खोप लगाउन मानेका छैनन ।
ट्रम्प समर्थकहरुले कोभिड विरुद्धको खोप लगाउन नमान्दा डेल्टा भेरियन्टको जोखिम बढ्न सक्ने विज्ञहरु बताउँछन् ।