रिहाना फेरि चर्चामा

रिहाना फेरि चर्चामा

न्युयोर्क : हलिउड गायिका रबेन रिहाना संसारका चर्चित संगीतकर्मीमध्ये एक हुन्। उनका दुनियाँभरमा करोडौं फ्यान छन्। रिहाना सदैव समाचार बनिरहने पात्र हुन्। उनी विभिन्न कारणले चर्चामा पनि आइरहन्छिन्। पछिल्लो समय उनी नयाँ फेसन ब्रान्ड फेन्टीको प्रचारमा जुटेकी छन्। आफ्नो नयाँ उत्पादनको प्रचारका लागि गरिएको फोटोसुटले सामाजिक सञ्जालमा निकै तहल्का मच्चाइरहेको छ। 

उनको फेसन ब्रान्ड फेन्टीको नयाँ उत्पादन ‘सेभेज एक्स फेन्टी’ हो। उनी यसको प्रमोसनका लागि आफै खटिरहेकी छन्। फेन्टीको नयाँ उत्पादनका लागि गरिएको फोटोहरूले सामाजिक सञ्जालमा हलचल मच्चाइरहेको छ भने उनको चर्चा पनि निकै चुलिएको छ। उनले पर्पल रंगको बिकिनीमा फोटोसुट गरेकी थिइन्। केही समय पहिले रिहानाले परफ्युम बजारमा ल्याएकी थिइन्। उनको त्यो उत्पादन निकै चर्चित बनेको थियो। त्यही बेला उनी संसारका धनी महिलाहरूको सूचीमा पनि पर्न सफल भएकी थिइन्। 

केही समय अघि पनि उनी फोटोसुटकै कारण चर्चामा आएकी थिइन्। ‘भोग इटालिया’ म्यागजिनका लागि रिहानाले गरेको फोटो सुटले निकै चर्चा कमाएको थियो। उनी चर्चामा आउनुको मुख्य कारण कभर फोटोका लागि सबै काम रिहाना आफैंले गरेकी थिइन्। भोग इटालियाको जुन अंकको कभरको थिम ‘डु इट योयरसेल्फ’ थियो। त्यही थिमका कारण पनि रिहाना आफैंले कभर फोटोको काम गरेको पत्रिकाका डाइरेक्टर इमानुयल फर्नेटीले बताएका थिए। उनले पहिलो पटक एक स्टार कलाकारले फोटो सुटको सबै व्यवस्थापन आफैंले गरेको बताए। उनले कभर फोटोको ‘पोज’देखि आवश्यक ड्रेसको व्यवस्था पनि रिहाना आफैंले गरेकी थिइन्। 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पछिल्लो समय रिहाना अमेरिकन र्‍यापर असाप रोकीसँग डेट गरिरहेकी छन्। उनीहरूलाई धेरै स्थानमा सँगै पनि देखिएको थियो। उनीहरूका केही तस्बिर भाइरल पनि बनेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.