अफगानिस्तानमा फेरि गृहयुद्ध हुनसक्ने अमेरिकी सेनाको चेतावनी

अफगानिस्तानमा फेरि गृहयुद्ध हुनसक्ने अमेरिकी सेनाको चेतावनी

पञ्‍जशीर: पञ्‍जशीर उपत्यका नियन्त्रणमा लिन तालिबानले शनिबार गरेको हमलाले अफगानिस्तानमा गृहयुद्ध हुनसक्ने अमेरिकाले चेतावनी दिएको छ ।

अमेरिकी सेना प्रमुख मार्क मिल्ल्लीले तालिबान र तालिबान विरोधीहरुबीच चलिरहेको युद्धले अफगानिस्तान गृह युद्धमा होमिने चेतावनी दिएका हुन् ।

अफगानिस्तानको पञ्‍जशीर उपत्यका आफ्नो नियन्त्रणमा लिनका लागि तालिबान र तालिबान विरोधीहरुबीच लडाइँ भइरहेको छ । दुबै समूहको लडाइँले अफगानिस्तान फेरि गृह युद्धमा होमिने जोखिम उच्च रहेको मार्कले चेतावनी दिएका हुन् ।

‘दुबै पक्षले पञ्‍जशीर आफ्नो भएको दाबी गरिरहेका छन् । पञ्‍जशीरको लडाइँले अफगानिस्तानमा ठूलो तनाब उत्पन्न गराउने खतरा उच्च छ’ मार्क मिल्लीले भनेका छन् ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भइसकेपछि तालिबानले पञ्जशीरलाई नियन्त्रणमा लिन पटक पटक हमला गरिरहेको छ । तालिबानका प्रवक्ता विलाल करिमीले पञ्जशीरका ७ जिल्लामध्ये खिन्ज र उनाबाह तालिबानको नियन्त्रणमा लिएको र अन्य जिल्ला कब्जा गर्न हजारौँ तालिबान सैनिकहरु अघि बढिरहेको बताएका छन् ।

अफगानिस्तानको नेसनल रेजिस्टेन्स फ्रन्टका प्रवक्ता फाहिम दास्तीले पञ्जशीरमा दुबै पक्षबीच ‘भीषण युद्ध’ चलिरहेको बताएका छन् । अमेरिकी सेना प्रमुखले तालिबान र तालिबान विरोधीबीच जारी भीषण युद्धले अफगानिस्तानमा गृह युद्ध निम्तिने बताउँदै भनेका छन्, ‘तालिबानले पञ्जशीर नियन्त्रणमा लिन र नयाँ सरकार गठन गर्न सक्छ या सक्दैन तर अफगानिस्तानको अहिलेको अवस्थाले उग्र रुप लिएमा गृह युद्ध हुने करिब पक्का छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.