पहिरोले घर भत्किदा सुतिरहेका हजुरआमा र नातीको मृत्यु, दुई घाइते

पहिरोले घर भत्किदा सुतिरहेका हजुरआमा र नातीको मृत्यु, दुई घाइते

रोल्पा : रोल्पा नगरपालिका -१० धबाङमा घरमाथि पहिरो खस्दा दुईजनाको मृत्यु भएको छ । सोमबार बिहान २ बजेतिर खसेको पहिरोले घर पुरिदा गाम्दा गाउँका ६७ वर्षीया गौसरी थापा र छोरीतर्फका ६ वर्षीय नाती हिमाल रोकाको मृत्यु भएको हो ।

रोल्पा नगरपालिका-८ धबाङका वडा सदस्य शेरबहादुर थापाले पहिरो यति ठूलो मानवीय क्षति भएको बताए।  रातको दुई बजेतिर पहिरो खसेको उनले बताए।  मृतक गैसराका भतिजा समेत रहेका वडा सदस्य शेरबहादुरले भने, 'पहिरोले सुतिरहेका हजुरआमा र नाती लग्यो, घर पनि पूर्णरुपमा क्षति भएको छ।'

पहिरोले घर भत्किदा घरभित्रै सुतिरहेका दुईजनाको मृत्यु भएको थियो भने दुईजना घरभित्रै च्यापिएका थिए । मृतक गौसरीका छोरी भिमकुमारी थापा र ज्वाई मनबहादुर रोका घाइते भएका छन् । छोरी ज्वाइँ पूर्वी रुकुम भुमे-९ का हुन् ।

जेठदेखि माइतीमै बस्दै आएका थिए । दुर्घटनाको खबर पाएपछि सदरमुकाम लिबाङबाट प्रहरी टोली घटनास्थल गएको हो । गाउँलेको सहयोगमा मृतकको शव निकालिएको र राति नै घाइतेको उद्धार गरिएको आफन्त शेरबहादुरले जनाए ।

घाइतेलाई उपाचारका लागि रेउघा अस्पताल पठाइएको छ । मृतक गौसराका पति पूर्णबहादुर थापा गोठमा थिए भने बुहारी उपचारका लागि काठमाडौंमा । पहिरोले क्षति गरेको घर वरिपरि १० घर जति छन् । गिरबहादुर थापा र अमरसिंह थापाको घरमा पनि क्षति पुगेको छ । गान्दा गाउँ नै पहिरोको जोखिममा छ ।पहिरो स्थल सदरमुकाम लिबाङदेखि करिब २० किलोमिटर उत्तरमा पर्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.