तालिबानद्धारा गर्भवती महिला प्रहरीको हत्या
काबुल : तालिबानले आइतबार साँझ एक ८ महिने गर्भवती महिला प्रहरीको हत्या गरेको छ। घोर प्रान्तमा ती महिला प्रहरीको उनकै परिवारको अगाडि तालिबानले गोलि हानि हत्या गरेको अफगानिस्तानका पत्रकारले बताएका छन् । उनलाई आफ्नो श्रीमान र सन्तानको अगाडि गोलि हानि हत्या गरिएको स्थानिय मिडियाहरुले जनाएका छन् ।
घटनामा भने आफुहरुको संलग्नता नरहेको तालिबानले बताएको छ । ‘हामी सो घटनाबारे जानकार छौं । तालिबानले महिलालाई प्राथमिकतामा राख्ने घोषणा गरेको पनि छ। निगारको हत्या व्यक्तिगत रिसीबी वा अन्य कारणले भएको हुन सक्छ । मलाई लाग्छ हत्यामा तालिबानको कुनै संलग्नता छैन ।’
तर अन्य स्रोतका अनुसार तालिबानले नै ती महिलाको हत्या गरेको उल्लेख गरेको छ।
केहिदिन अघि दर्जनौ अफगान महिलाहरुले आफ्नो अधिकार र नयाँ बन्ने सरकारमा महिला सहभागिताको माग राख्दै हेरातमा आन्दोलन गरेका थिए ।