टेलिकमको गुणस्तर खस्केको स्वीकारोक्ति

टेलिकमको गुणस्तर खस्केको स्वीकारोक्ति

काठमाडौं : राजधानीमै नेपाल टेलिकमको फोन लाग्दैन। फोन लागे पनि प्रष्ट सुनिँदैन, बोल्दाबोल्दै काटिन्छ। रिचार्ज गर्न पनि कठिन हुन्छ। यी समस्याबाट सर्वसाधारण हैरान छन्। तर नेपाल टेलिकम व्यवस्थापन भने गुणस्तर सुधार गर्नेतर्फ केन्द्रित छैन।

टेलिकमका २ करोड ४ लाख ९ हजार ५ सय ७८ ग्राहक छन्। तर टेलिकमले काठमाडौंमै गुणस्तर सुधार गर्न सकेको छैन। जसले गर्दा सर्वसाधारण नेपाल टेलिकमको सट्टा वैकल्पिक फोन प्रयोग गर्न बाध्य छन्। 

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी फोन नचल्ने समस्या रहेको स्वीकार्छन्। काठमाडौंमा टावर राख्नै समस्या भएको उनले सुनाए। ‘टावर राख्न समस्या छ’ उनले भने,’ टावरका लागि अन्तरनिकाय समन्वय गर्दैछौं।’ 

टेलिकमले ४२ स्थानमा टावर राख्न अनुमति मागे पनि वन आरक्षणले अनुमति नदिएको टेलिकम व्यवस्थापनले जनाएको छ। राजधानीसहित विभिन्न सहरमा फोन नलाग्ने समस्या यथावत् छ। त्यतिमात्र नभई दुर्गम क्षेत्रमा झन् फोन नलाग्ने समस्या अझ विकराल छ। 

नेपाल टेलिकमका प्रवक्ता राजेश जोशी देशका विभिन्न भागमा टावर राख्न नसकिने बताउँछन्। काठमाडौं उपत्यकामा फोन नलाग्ने समस्या टेलिकमको मात्र नभई कनेक्टिभिटीका लागि रेडियो जडान हुनपर्ने उनले बताए। ‘जडान गरेर मात्र हुँदैन, मोबाइलका लागि टावर चाहिन्छ,’ उनले भने। 

काठमाडौं उपत्यकामै फोन नलाग्ने समस्या समाधान गर्न टेलिकम व्यवस्थापन उदासीन देखिएको छ। कुनै पकेटमा फोन नलाग्ने समस्या समाधान गर्न टेलिमकले स्थानीयका घरको छत भाडामा लिएर टावर राख्छ। टेलिकमले आफैं टावर राख्न समस्या हुने भएकाले छत भाडामा लिएर टावर राख्ने गरेको हो। ‘स्थानीयले छत भाडामा नदिने समस्या पनि छ’, उनले भने, ‘घरबेटीले अन्तै व्यवस्था गर्नुहोस् भनेपछि लगानी पनि खेर जाने र तत्काल अर्को व्यवस्था पनि गर्न नसकिने समस्या हुन्छ।’

फोरजी अलपत्र, फाइभजी परीक्षण तयारी
करिब दुई वर्षअघि सुरु भएको फोरजी अलपत्र अवस्थामा छ। त्यसमा टेलिकमले २० अर्बको लगानी गरेको छ। तर अझै  सञ्चालनमा आउन सकेको छैन। तर टेलिकमले फाइभजी परीक्षण गर्ने तयारी सुरु गरिसकेको छ। 

टेलिकमले २०१९ फेब्रुअरीमा देशव्यापी रूपमा तीव्रगति र उच्च क्षमताको डाटा ट्रान्सफर गर्ने फोरजी सुरु गरेको थियो। यो टेलिकमको लाइफलाइन प्रोजेक्ट मानिएको थियो। तर, टेलिकम व्यवस्थापन पक्ष फोरजी सञ्चालन गर्नतर्फ ध्यान नदिई फाइभजीको परीक्षण सुरु गर्ने घोषणा गरेको छ। ‘फोरजी सेवा एक वर्षमा सम्पन्न गर्ने टेलिकमको लक्ष्य थियो तर, अढाई वर्ष हुँदासम्म पूर्वाधार निर्माणसम्म भएका छैनन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.