अस्पताल प्रांगणबाटै निशुल्क उपचार गर्दै बीपीका चिकित्सक

अस्पताल प्रांगणबाटै निशुल्क उपचार गर्दै बीपीका चिकित्सक

धरान : ८५ औं दिनदेखि आन्दोलनमा उत्रिएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले अस्पताल प्रांगणबाट बिरामीको उपचार सुरु गरेका छन् । आइतबारदेखि काम बहिष्कार गरेका चिकित्सकले मंगलबारदेखि अस्पतालको प्रांगणबाट बिरामीको उपचार सुरु गरेका छन् । 

दैनिक २ हजार ५ सय बिरामीको उपचार हुने प्रतिष्ठानमा चिकित्सकले काम बहिष्कार गरेपछि आइतबार र सोमबार ओपीडी सेवा ठप्प भएको थियो । बीपी प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरुले टिकट नै नकाटी बिरामीको चेकजाँच गरेका छन् । प्रतिष्ठान बाहिर आँगनमा टेबल कुर्सी राखेर बिरामीको चेकजाँच गराइरहेका छन्।

कोरोना महामारीको यो विषम परिस्थितिमा बिरामीको समस्यालाई मध्यनजर गर्दै बाहिरबाटै उपचार गरिएको प्रतिष्ठान शुद्धिकरण अभियानका सहसंयोजक डा.विष्णु पोखरेलले बताए ।

प्रतिष्ठान सुधार गर्नुपर्‍यो, यहाँका भ्रष्ट्राचारीलाई कारवाही गर्नुपर्‍यो, बीपीको बेथिति सधैंका लागि अन्त्य गर्नुपर्‍यो भनेर आन्दोलन गर्दा समेत सरकारले यतिका दिनसम्म माग पूरा नगर्नु अत्यन्तै दुःखद भएको उनले बताए।

प्रतिष्ठानमा आएका मेडिसिन, सर्जरी, हाडजोर्नी, प्रसूति, मानसिक, छाला तथा यौन रोग, नाक कान घाँटी रोगलगायतका बिरामीलाई सडकमै चेकजाँच गरिएको प्रतिष्ठानको जुनियर रेसिडेन्ट वलफेयर सोसाइटीका अध्यक्ष डा. पदम नेपालीले बताए । 

उनले सरकारले प्रतिष्ठान सुधार गर्न चासो नदेखाए काम बहिष्कार गरेका चिकित्सकहरुले धरानका सडकमै बिरामीको उपचारलाई निरन्तरता दिने चेतावनी दिएका छन् । चिकित्सकहरुले सडकमै बिरामी उपचार गरेपछी प्रतिष्ठानलाई दैनिक लाखौं रुपैयाँ नोक्सानी भएको छ । शुद्धिकरण अभियानका सदस्य अमृत जैसिले सडकमै तीनसय भन्दा बढी बिरामीको निःशुल्क उपचार गरिएको बताए । 

यता सोमबार संघीय लिम्बूवान मञ्च, एमाले र राप्रपाका कार्यकर्ताहरुले प्रतिष्ठानमा तोडफोड गरेको घटनाको प्रतिष्ठानले भत्सना गरेको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष डा. गुरु खनालले मंगलबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी विशुद्ध स्वास्थ्य संस्थामाथि दलका कार्यकर्ताहरुले तोडफोड गर्नु अत्यन्तै गलत भएको भन्दै यस्ता क्रियाकलाप नगर्न आग्रह गरेका छन् । 

डा. खनालले काम छाडेर आन्दोलनमा उत्रिएका चिकित्सक कर्मचारीलाई प्रतिष्ठानको हितलाई ध्यानमा राखी संयमता अपनाउन आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.