एमालेका दुई मन्त्रीको राजीनामा

एमालेका दुई मन्त्रीको राजीनामा

धनगढी : नेकपा एकीकृत समाजवादी ठूलो दल भएपछि नेकपा एमालेका दुई जना मन्त्रीले राजीनामा दिएका छन्। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाह र आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराजले मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन्। 

प्रकाशबहादुर शाह नेकपा एमालेका संसदीय दलका नेता समेत हुन्। उनी यसअघि माधवकुमार नेपाल समूहमा थिए। दल विभाजन हुनु अघि, मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिलाउन शाह सक्रिय भएर लागेका थिए। 

उनले नेकपा एमालेले सरकार छोड्न निर्देशन दिए पनि उनकै पहलमा झन प्रदेश सरकार विस्तार गरिएको थियो। दल विभाजनपछि भने उनले नेकपा एमालेमै रहने निधो गरेका हुन्। 

निर्वाचन कार्यालयमा सनाखतको समय सकिएपछि दुवै जना मन्त्रीले राजीनामा दिएका हुन्। ‘मैले पार्टी र पदमा एउटा रोज्नुपर्ने थियो, लोकतन्त्र बलियो बनाउनका लागि मैले पार्टी रोज्दै राजीनामा दिएको छु’, आर्थिक मामिला मन्त्रालयमा शाहले पत्रकार सामु भने। सुदूरपश्चिम प्रदेशमा १४ जना सांसद सहित नेकपा एकीकृत समाजवादी ठूलो दल बनेको छ भने एमाले चौथो ठूलो दल (सभामुख बाहेक १० सांसद) मा झरेको छ। 

प्रदेश सभामा नेकपा माओवादी केन्द्र १३, नेपाली काँग्रेस १४ र जसपाका दुई जनामा विभाजन भएपछि एकजना उपेन्द्र यादव पक्ष र एकजना महन्त पक्षमा लागेका छन्। कृष्णकुमार चौधरी महन्ततिर र मालामती राना यादवतिर लागेका हुन्। कृष्णकुमार चौधरीले मंगलबार मात्रै महन्तको पार्टीमा सनाखत गरेका छन्।

१४ जना सांसद सहित ठूलो दल बनेको नेकपा एकीकृत समाजवादीमा अझै संसदीय दलको नेता छानिएका छैनन्। प्रदेशमा ठूलो दल भएकाले, समाजवादीले संसदीय दलको नेता चुनेर मुख्यमन्त्री दाबी गर्ने स्रोतले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.