प्रदेश २ को जनलोकपाल आयोगमा पदाधिकारी नियुक्त

प्रदेश २ को जनलोकपाल आयोगमा पदाधिकारी नियुक्त

जनकपुरधाम : प्रदेश २ सरकारले प्रदेश जनलोकपाल आयोगमा पदाधिकारी नियुक्त गरेको छ। सरकारले आयोगको अध्यक्षमा रौतहटका रामसहाय राय यादव र सदस्यहरुमा जनकपुरधामका राजकिशोर साह तथा महोत्तरी गोनरपुराकी शोभा कुमारी महतोलाई नियुक्त गरेको हो।

नवनियुक्त पदाधिकारीलाई मंगलबार प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन्। 

आयोगको कार्यालय जनकपुरधामको मुजेलियास्थित ग्रामीण प्रशिक्षण केन्द्रभित्र राखिएको छ। नवनियुक्त पदाधिकारीहरुले मंगलबार नै कार्यालय पुगेर पदभार समेत ग्रहण गरेका छन्।

प्रदेशको सार्वजनिक मामिलालाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र जनसहभागितामूलक बनाउँदै प्रदेशवाट प्राप्त हुने सेवा सुविधामा नागरिकको समान र सहज पहुँच सुनिश्चित गर्न तथा कानूनको शासन, चुस्त प्रशासन, विकेन्द्रीकरण तथा आर्थिक अनुशासन चुस्त पार्ने सरकारको भनाई छ। 

सार्वजनिक कार्य र स्रोतको कुशल व्यवस्थापन जस्ता असल शासनका आधारभूत मान्यतालाई आत्मसात् गरी सुशासन पाउने नागरिकको अधिकारलाई व्यवहारमा उतारी कार्यान्वयनमा ल्याउन र प्रशासन संयन्त्रलाई सेवाप्रदायक संयन्त्र तथा सहजकर्ताको रुपमा रुपान्तरण गरी प्रदेशमा सुशासनको प्रत्याभूति दिन २०७७ भदौ ३ गते प्रदेश २ को प्रदेश सभाले यो ऐन बनाएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.