उत्तर कोरियामा ५ लाख सैनिकले गरे रातभर परेड

उत्तर कोरियामा ५ लाख सैनिकले गरे रातभर परेड

प्योङयाङ: उत्तर कोरियाले ७३औं स्थापना दिवसको अवसरमा राजधानी प्योङयाङमा मंगलबार रातभर सैनिक मार्च गरेको छ।

वार्षीकोत्सव समारोहमा हजमत सुट र ग्यास मास्क लगाएर सैनिकहरु परेडमा सामेल थिए । मंगलबार रातभर सैनिक मार्च गरेको स्थानीय मिडियाले जनाएका छन् ।

दी सेन्ट्रल न्युज एजेन्सीका अनुसार उक्त अवसरमा कुनै मिसाइल गतिविधि नभए पनि प्योङयाङस्थित मध्यरातको सैनिक परेडमा लडाकु विमानले किम दोस्रो सङ स्क्वायर र वरपरको क्षेत्रमा परमाणुरहित विभिन्न परम्परगत हातहतियारहरु प्रदर्शन गरिएको थियो । उक्त अवसरमा उत्तर कोरियाका नेता किम जङ उनको उपस्थिति थियो । यद्यपि, वार्षिकोत्सवको अवसरमा कुनै विशेष भाषण भने नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा खबर छ।

सन् १९५०–५३ को कोरियाली युद्धपछि उत्तर कोरियाका संस्थापक किमको सम्झनामा उत्तर कोरियाले हरेक वर्ष मुलुकको सबैभन्दा ठूलो उत्सव मनाउने गर्छ । उक्त अवसरमा उत्तर कोरियाले हजारौँ सैन्य हतियार र अन्य उन्नत सैन्य हतियार र सैनिक परेड आयोजना गर्ने गर्छ ।

उत्तर कोरियाका सञ्चारमाध्यमले सुन्तला रंगको हजमत सुट र ग्यास मास्क लगाएको सैनिक परेडको तस्बिर सार्वजनिक नगरे पनि अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भने सो तस्विर सार्वजनिक गरेका छन् ।

उत्तर कोरियाले सन् २०१३ देखि वार्षिकोत्सवको अवसरमा सैनिक परेड आयोजना गर्दैआएको बताइन्छ । हरेक वर्ष सैनिक पोसाकमा सैनिक परेड आयोजना गरिए पनि यस वर्ष भने उत्तर कोरियाले हजमत सुट (अनौठो पोसाक)र ग्यास मास्कमा सैनिक परेड गराएको छ । यस वर्षको वार्षिकोत्सवमा ५ लाख ७ हजार सैनिक परेड र मार्चमा भाग लिएको बताइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.