बाजुराबाट ५ जना जनप्रतिनिधिले रोजे नेकपा (एकीकृत समाजवादी)
बाजुरा : नेकपा एमालेका सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापको गृह जिल्ला बाजुराबाट ५ जना जनप्रतिनिधिले नेकपा एकिकृत्त समाजवादी पार्टीमा हस्ताक्षर गरेका छन्।
माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी दर्तापछि त्यसको असर बाजुरामा कमजोर देखिएको छ। नेकपा एमाले सुदुरपश्चिम प्रदेश अध्यक्ष थापाको गृह जिल्ला बाजुराबाट निर्वाचित न्यून जनप्रतिनिधिले मात्रै नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्।
निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई भदौ २२ गतेसम्म दल रोज्न समय दिएको थियो। अन्तिम दिन भदौ २२ गतेसम्म ५ जनाले नेकपा समाजवादी पार्टीमा हस्ताक्षर गरेको जिल्ला निर्वाचन कार्यालय बाजुराका सूचना अधिकारी विशाल पुडासैनीले जनाएका छन्।
निर्वाचन कार्यालय बाजुराका अनुसार समाजवादी पार्टीमा हस्ताक्षर गर्ने स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरन्जीवी शाही, उपाध्यक्ष मीमा बुढा बुढीनन्दा नगरपालिका ९ का वडा अध्यक्ष खडक बोहोरा बुढीगंगा नगरपालिका ९ का वडा अध्यक्ष भरत थापा र सदस्य बुदी सेरालाले हस्ताक्षर गरेको बताएका छन्।
बाजुरा जिल्लामा ४ नगरपालिका र ५ गाउँपालिका गरी नौ स्थानीय तह छन्। नेकपा एमालेले ३ गाउँपालिकामा प्रमुख, ४ पालिकामा उपप्रमुख, ३२ वडा अध्यक्ष, ३० महिला वडा सदस्य, ३१ दलित महिला वडा सदस्य, ९ दलित अल्पसंख्या र ५९ जना अन्य वडा सदस्य गरी १ सय ६८ जना नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि रहेका थिए।
पाँच जनाले नेकपा एकीकृत समाजवादी दल रोजेपछि अब १ सय ६३ जनप्रतिनिधि एमालेमा रहेका छन्। बाजुराबाट नेतृत्व गर्ने केन्द्र र प्रदेशका सबै नेता एमालेमै नेकपा एमाले विभाजनपछि बाजुराका केन्द्रीय तथा प्रदेश तहका सबै नेता एमालेमै रहेका छन्। माधव नेपालले नयाँ पार्टी दर्ता गरेसँगै बाजुरा नेकपा एमालेमा सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापा, नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य लालबहादुर थापा, नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेश (ख) बाट प्रदेश सांसद निर्बतमान मार्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र प्रदेश (क) बाट प्रदेश सांसद बल्देव रेग्मी नेकपा एमालेमै उभिएका छन्।
विगतमा माधव समूहमा रहेका प्रकाशबहादुर शाह, एमाले उपाध्यक्ष भीम रावलले नयाँ पार्टीलाई साथ नदिए पछि उनले पनि माधवको साध छाडेका छन् ।
नेकपा एमाले बाजुराको ५८ जना जिल्ला कमिटिमा जिल्ला कमिटि रहेकोमा उप सचिब गगन रावल, जिल्ला कमिटी सदस्य पुरबहादुर रावत र मनोनित सदस्य किटो ल्वार गरी ३ जना नेकपा समाजवादी गएका छन्।
एमाले छोडेर समाजवादी पार्टीमा गएका उपसचिव गगन रावल समाजवादी पार्टीका जिल्ला अध्यक्ष र सदस्य पुरबहादुर रावत सचिवमा चयन भएका छन् । ल्वार जिल्ला कमिटी सदस्यमा चयन भएका छन् ।
५८ जना मध्ये ५३ जना प्रस्ट नेकपा एमालेमै रहेका नेकपा एमाले प्रचार बिभाग प्रमुख अम्मर खड्काले बताएका छन् । नेकपा एमालेको अन्तिम बैठक २०७४ माघ १८ गते सम्पन्न भएको थियो ।
उक्त बैठकमा नेकपा एमाले जिल्ला कमिटिमा ५८ जना सदस्य रहेका छन् । जसमा २ जना जिल्ला कमिटि सदस्य टिका बिक र बिनोदकुमार बिकको मृत्यु भइसकेको छ ।