भेरीका विद्यालय आइतबारदेखि खुल्ने

भेरीका विद्यालय आइतबारदेखि खुल्ने

जाजरकोट : कोरोना संक्रमण बढ्दै गएपछि गत बैशाखदेखि देशभरका विद्यालय बन्द रहेका छन्। कोरोनाको संक्रमण घटदै गएपछि विद्यालय खुल्न थालेका छन्। 

जाजरकोटको भेरी नगरपालिकाले आगामी आइतबारदेखि नगरभित्रका सबै विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन संचालन गर्ने निर्णय गरेको हो।
 

भेरी नगरपालिकाको नगर शिक्षा समितिको बुधबार बसेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यालय संचालन सम्बन्धी कार्यढाँचा २०७७ अनुसारको मापदण्ड तथा प्रक्रिया पालना गरि विद्यालय संचालन गर्ने निर्णय गरेको नगर शिक्षा तथा खेलकुद शाखा प्रमुख अमृतबहादुर पुनले बताए। 

भेरी नगरपालिकामा हाल कोरोना संक्रमणको अवस्था नरहेकोले विद्यालय खोल्ने निर्णय गरिएको पुनले बताए।  कार्यढाँचामा सबै शिक्षक र विद्यार्थीले मास्क अनिवार्य लगाउनु पर्ने, जोरविजोर प्रणाली अपनाएर भए पनि भौतिक दुरी कायम गर्नु पर्ने लगायतका प्रावधान राखिएका छन्। 

लामो समयदेखि बन्द रहेका विद्यालय खुल्ने भएपछि विद्यार्थी र अभिभावक खुसी भएका छन्। रोकिएको कक्षा ११ र १२ को परीक्षा समेत आगामी भदौ ३० गतेबाट संचालन हुने भएको छ। भदौ ३० देखि असोज ८ गतेसम्म परीक्षा हुने विद्यालयको पठनपाठन भने प्रभावित हुने भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.