वैदेशिक लगानी २ खर्ब

वैदेशिक लगानी २ खर्ब

काठमाडौं : नेपालमा वैदेशिक लगानी भित्रिने क्रम बढेको छ। पछिल्ला वर्षहरूमा वैदेशिक लगानी बढ्दै गएको देखियो। सरकारले लगानीसम्बन्धी कानुन खुकुलो तथा सहज बनाएसँगै प्रत्यक्ष वैदेशिक लगानी बढ्न थालेको हो। नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार आर्थिक वर्ष २०७६/०७७ मा अघिल्लो वर्षको तुलनामा ८.५ प्रतिशतले वैदेशिक लगानी बढेको छ  भने हालसम्म १ खर्ब ९८ अर्ब ५२ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। 

प्रतिबद्धताको निकै कम मात्रै वैदेशिक लगानी आउने गरेको छ। उद्योग विभागमा लगानी प्रतिबद्धता उल्लेख्य मात्रामा आउने गरे पनि त्यसको एक तिहाइ मात्रै लगानी भित्रिने गरेको छ। 

राष्ट्र बैंककै अघिल्लो अध्ययनले प्रतिबद्धताको ३५ प्रतिशत मात्रै लगानी आएको देखाएको थियो। बर्सेनि उद्योग विभागमा विदेशी लगानीकर्ताले अर्बौैंको प्रतिबद्धता गर्छन्। हजारौंलाई रोजगारी दिने घोषणा गर्छन्। तर त्यस अनुरूप लगानी भिœयाएको पाइँदैन। आर्थिक वर्ष २०७७/०८८ मा वैदेशिक लगानी प्रतिबद्धता ३८ अर्ब थियो। 

नेपाल राष्ट्र बैंकको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्भेक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/०७७ मा ५२ देशबाट प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। ५२ देशबाट १ खर्ब ९८ अर्ब ५२ करोड रुपैयाँ लगानी भित्रिएको बिहीबार राष्ट्र बैंकले  सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार भारतबाट सबैभन्दा धेरै लगानी भित्रिएको छ। त्यसपछि चीन, सेन्ट किस्टस एन्ड नेभिस, आयरल्यान्ड, सिंगापुरबाट लगानी भित्रिएको छ। त्यसपछि अस्ट्रेलिया, दुबई, दक्षिण कोरिया, बंगलादेशबाट उल्लेख्य मात्रामा वैदेशिक लगानी भित्रिएको राष्ट्र बैंकको अध्ययनले देखाएको छ।  

भारतबाट मात्रै २०७७ असारसम्ममा ६२ अर्ब ४५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। दोस्रोमा चीनबाट ३० अर्ब १७ करोड रुपैयाँ लगानी भित्रिएको छ। त्यस्तै लगानी भिœयाउने तेस्रो मुलुक सेन्ट किस्टस एन्ड नेभिस हो। यहाँबाट १५ अर्ब २७ करोड रुपैयाँ भित्रिएको छ। आयरल्यान्डबाट १२ अर्ब ९३ करोड, सिंगापुरबाट १२ अर्ब ४३ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। अध्ययनअनुसार अस्ट्रेलियाबाट १० अर्ब ८२ करोड, दुबईबाट ७ अर्ब १६ करोड, दक्षिण कोरियाबाट ७ अर्ब ९ करोड लगानी भित्रिएको छ। अमेरिकाबाट ६ अर्ब ९ करोड र बंगलादेशबाट ५ अर्ब ३ करोड  रुपैयाँ लगानी आएको राष्ट्र बैंकले जनाएको छ।

सबैभन्दा धेरै लगानी औद्योगिक क्षेत्रमा आएको छ। ५६ प्रतिशत औद्योगिक क्षेत्रमा र ४३.९ प्रतिशत सेवा क्षेत्रमा वैदेशिक लगानी भित्रिएको अध्ययनले देखाएको छ। औद्योगिक क्षेत्रमध्ये २८.३ प्रतिशत उत्पादनमूलक र २७.५ प्रतिशत लगानी ऊर्जा क्षेत्रमा आएको छ। कुल वैदेशिक लगानीमध्ये २७.३ प्रतिशत लगानी बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा रहेको प्रतिवेदनमा उल्लेख छ। कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५४.४ प्रतिशत छ। रिजर्भ ३८.८ र कर्जाको अंश ११.८ प्रतिशत छ। चुक्ता पुँजीको अंश २६.६ प्रतिशतले बढेकाले कुल प्रत्यक्ष वैदेशिक लगानी बढेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.