अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपतिबीच टेलिफोन वार्ता

अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपतिबीच टेलिफोन वार्ता

वासिङटनः अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच फोनवार्ता भएको छ ।

बाइडेन अमेरिकी राष्ट्रपतिमा पदारोहण गरेको सात महिनापछि उनीहरुबीच बिहीबार पहिलोपटक उच्चस्तरीय फोनवार्ता भएको हो । करिब ९० मिनेट लामो वार्तामा संसारका दुई शक्तिशाली राष्ट्रबीच जारी आर्थिक प्रतिस्पर्धालाई द्धन्द्धको दिशातर्फ मोडिन नहुनेतर्फ उनीहरुको छलफल केन्द्रित थियो ।

‘दुई देशको चासो र मान्यता मिल्ने र नमिल्ने विषयमा बाइडेन र सी जिङपिङबीच विस्तृत र रणनीतिक छलफल भएको छ’ ह्वाइट हाउसस्थित राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

शीर्ष नेताहरुको वार्तापछि सकारात्मक सम्बन्ध निर्माण गर्न सके दुई शक्तिशाली राष्ट्रबीच जारी दशकौँ लामो गतिरोध अन्त्य गर्न सकिने अमेरिकी पक्षले जनाएको छ । सो छलफल आर्थिक मुद्दा, जलवायू परिवर्त, कोभिड १९ महामारी नियन्त्रण लगायत विषयमा केन्द्रित रहेको बताइएको छ ।

‘छलफलमा राष्ट्रपति बाइडेनले शान्ति, स्थायित्व र इन्डो प्यासिफिकको समृद्धिमा जोड दिएका थिए । दुई नेताहरुले दुई शक्ति राष्ट्रबीच प्रतिस्पर्धी प्रतिद्धन्द्धको अन्त्य गर्नमा दुबै राष्ट्र जिम्मेवार रहनेबारे छलफल गरेका थिए’ ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

चिनियाँ सञ्चारमाध्यमले भने छलफलमा अमेरिकी नीतिले चीनमा ‘गम्भीर कठिनाई’ खडा गरेको बताउँदै राष्ट्रपति सी जिङपिङले दुई देश नियमित सम्पर्कमा रहनुपर्नेमा जोड दिएको उल्लेख गरेका छन् । यसअघि गत फेब्रुअरीमा बाइडेन र सी जिङपिङबीच अनौपचारिक फोनवार्ता भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.