२० वर्षअघि अमेरिकामाथिको त्यो आतंकवादी हमला...(फोटो फिचर)

२० वर्षअघि अमेरिकामाथिको त्यो आतंकवादी हमला...(फोटो फिचर)

वासिङटनः सन् २००१ सेप्टेम्बर ११ मंगलबारको दिन भएको ट्वीन टावर हमलाको सम्झनामा अमेरिकाले २० औं स्मृति दिवस मनाइरहेको छ ।

ट्वीन टावर हमलामा मारिएका मानिसको सम्झनामा अमेरिकाले शनिबार २० औं स्मृति दिवस मनाइरहेको हो । न्युयोर्कस्थित दुई गगनचुम्बी भवन (वल्र्ड ट्रेड सेन्टर) मा आतंककारीहरुले चार विमान ठोकेर हमला गरेका थिए ।

उक्त हमलामा परी न्युयोर्कको पेनसिल्भानिया र भर्जिनियाका गरी करिब ३ हजार मानिसको मृत्यु भएको थियो भने हजारौँ मानिस घाइते भएका थिए । हमला हुँदा भवनभित्र करिब १७ हजार मानिस रहेको बताइन्छ ।

उक्त हमलापछि अमेरिकाले कट्टरपन्थी सशस्त्र समूह आतंकवादविरुद्ध युद्ध नै गरेको थियो । अमेरिकाले आतंकवाद अन्त्य गर्ने भन्दै अफगानिस्तानमा सैन्य बल नै स्थापना गरेको हो । सेप्टेम्बर ११ को उक्त हमलालाई संसारकै अविष्मरणीय एवम् दर्दनाक घटनाको रुपमा लिइन्छ । हमलाको समय र हमलापछि सीएनएनका लागि विभिन्न फोटोग्राफरहरुले आफ्नो क्यामेरामा कैद गरेका केही अविस्मरणीय तस्बिरहरु यस्ता छन् :


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.