संसदमा एमाले सांसदको नाराबाजी
काठमाडौं : संसद बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले नाराबाजी सुरु गरेका छन्। संसद बैठकमा संसदीय मर्यादा कायम गर्न माग गर्दै नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् । सभामुख अग्नीप्रसाद सापकोटाले नेकपा एमाले फुटाउन भूमिका खेलेको भन्दै एमाले सांसदहरुले संसद बैठक अवरुद्ध गर्दै आएका छन् ।
सभामुख सापकोटाले प्रतिपक्षलाई सदन चल्न दिन आग्रह गरिरहेका छन् । उनले सहज ढंगले वातावरण चल्न दिन आग्रह गरे । उनले भने, 'संवादतिर अग्रसर हुनुहोस् । विपक्षी दललाई मेरो अपिल छ, सदन चल्न दिनुहोस्, हार्दिक आह्वान गर्छु।'