अफिम सहित तीन जना प्रक्राउ
काठमाडौँ: दुई किलो दुई सय २४ ग्राम अफिम सहित तीनजना प्रक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत लैनचौरको टोलीले अफिम बेचविखनमा संग्लन रहेको आरोपमा रुकुमकोट गाउँपालिका ४ अर्चले रुकुमकी ४१ वर्षीया धनमाया पुन, पूर्वी रकुम स्थायी घर भई हाल रुपन्देही तिलोत्तमा बस्ने ३७ वर्षीय रुद्र राना र ५४ वर्षीय कर्म जोतन पुनलाई पक्राउ गरेको हो ।
धनमाया पुनलाई ठमेलबाट, रुद्र राना र कर्म जोतन पुनलाई मित्रनगर नयाँबसपार्कबाट प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहका अनुसार अफिम बोकेर ठमेलमा हिँडिरहेको सूचनाको आधारमा धनमाया पुन प्रक्राउ परेकी हुन ।
उनीबाट १२ सय ग्राम अफिम बनाउन प्रयोग हुने कच्चा पद्धार्थ बरामद गरिएको छ । उनलाई प्रक्राउ गरेर सोधपुछ गर्दा अन्यसँग पनि अफिम रहेको थाहा पाएपछि अन्य दुईलाई मित्रनगरबाट प्रक्राउ गरिएको हो । रुद्र र कर्मको साथबाट एक किलो २४ ग्राम अफिम बरामद गरिएको छ ।