कोरोना संत्रमणबाट धुलिखेल अस्पतालमा ७ महिने शिशुको मृत्यु
काभ्रे: कोरोना संक्रमित सात महिने शिशुको उपचारको क्रममा धुलिखेल अस्पतालमा आईतबार मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाका अनुसार धुलिखेल अस्पतालमा उपचार भइरहेको बुटवल नगरपालिका वडा नं ७ का एक शिशुको उपचारकै क्रममा मृत्यु भएको हो ।
मृतक शिशुको परिवारले उपचार गराउन ल्याएका शिशुलाई २५ गते शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएसँगै आईतबार अस्पतालमा शिशुको मृत्यु भएको डा झाले बताए । सात महिनाको शिशुलाई पेटको समस्या र जन्डिसको मात्र देखिएको थप उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
आईताबार मृत्यु भएको शिशुको धुलिखेल नगरपालिकाको स्वास्थ्य शाखाले शव व्यवस्थापन गर्न ठाउँको पहिचान गरेर नेपाली सेनाले आईतबार दिउँसो शव व्ययवस्थापन गरिएको स्वास्थ्य शाखा सह संयोजक सरोज थापाले जानकारी दिए ।
जिल्लामा कोरोना संक्रमणबाट हालसम्म २ सय ६७ जनाको मृत्यु भइसकेको छ । मृतकमध्ये काभ्रेका १ सय ९१ जना र बाहिरको जिल्लाका ७६ जनाको कोरोना संक्रमणबाट काभ्रेमा मृत्यु भएको छ ।
केही समयसम्म नेपालकै धेरे संक्रमित हुने जिल्लाको परिचय बनाएको काभ्रेमा पछिल्लो समय संक्रमण दर घटिरहेको छ । जिल्लामा आईतबारसम्ममा सक्रिय संक्रमित १ सय ८७ जना रहेको २० जना विभिन्न अस्पतालहरुको आईसोलेशनमा राखेर थप उपचार भइरहेको स्वास्थ्य कार्यालयको रेकर्डमा उल्लेख छ ।