उत्तर कोरियाले गर्‍यो शक्तिशाली क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले गर्‍यो शक्तिशाली क्षेप्यास्त्र परीक्षण

प्योङयाङ: उत्तर कोरियाले हालै एक लामो र अत्याधुनिक छेप्यास्त्र श्रृंखलाको सफलतापूर्वक परीक्षण गरेको दाबी गरेको छ।

संयुक्त राज्य अमेरिकासँगको परमाणु वार्ता रोकिएपछि उत्तर कोरियाले आफ्नो सैन्य क्षमता विस्तारलाई निरन्तरता दिन अत्याधुनिक छेप्यास्त्र परीक्षण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सोमबार दी कोरियन सेन्ट्रल न्युज एजेन्सीमा प्रकाशित समाचार अनुसार उत्तर कोरियाले विगत दुई वर्षदेखि लामो र अत्याधुनिक छेप्यास्त्र निर्माण गरिरहेको थियो । यही शनिबार र आइतबार गरेको उक्त परीक्षणको क्रममा तय गरेको करिब १५ सय किलोमिटर (९३० माइल) सफलतापुर्वक हासिल गरेको थियो ।

उत्तर कोरियाले सो परीक्षणलाई ‘एक महत्वपुर्ण रणनैतिक हतियार’को रुपमा वर्णन गरेको छ भने नेता किम जङ उनले सो परीक्षणलाई सैन्य शक्तिलाई बलियो बनाउने सामर्थ्य रहेको बताएका छन् ।

उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणले देशको सुरक्षाको लागि भरपर्दो हतियारको रुपमा लिने गर्छ । गत जनवरीमा अमेरिकी राष्ट्रपति जो बाइडेनले पदारोहण गरेको एक घण्टापछि उत्तर कोरियाले अन्तिम पटक छेप्यास्त्र परीक्षण गरेको थियो भने गत मार्चमा शक्तिशाली छेप्यास्त्र सार्वजनिक गरेको थियो ।

उत्तर कोरियाको शक्तिशाली छेप्यास्त्र कार्यक्रम समाप्त गर्ने उदेश्यले अमेरिकाले आयोजना गरेको वार्ता सन् २०१९ मा रोकिएको थियो ।

सोचविचार पुर्‍याएर छेप्यास्त्र परीक्षण गर्नु उत्तर कोरियाको महत्वपूर्ण रणनीति भएको जानकारहरु बताउँछन् । ‘उत्तर कोरियामै रणनैतिक तरिकाले डिजाइन र निर्माण गरेको यो पहिलो छेप्यास्त्र हो’ इन्टरनेसनल पिसका वरिष्ठ फेलो अंकित पाण्डाले भनेका छन्, ‘परमाणु हतियार प्रणाली क्षमता विस्तारका लागि उत्तर कोरियाले सोचविचार गर्ने हुँदा यो उसको चाल सामान्य हो ।’

उत्तर कोरियाको सो छेप्यास्त्र परीक्षणपछि अमेरिकी इन्डो प्यासिफिक कमान्डले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उत्तर कोरियाले सैन्य कार्यक्रम विस्तारलाई निरन्तर प्राथमिकतामा राखेको छ । यसले छिमेकी मुलुक र अन्तर्राष्ट्रिय समुदायमा त्रास र जोखिम देखाउन खोजिरहेको छ ।’

उत्तर कोरियाले आणविक इन्धन उत्पादन गर्न आफ्नो मुख्य परमाणु रियाक्टर पुन: सञ्चालन गरेको हुनसक्ने संयुक्त राष्ट्र परमाणु एजेन्सीले आशंका गरेको थियो । अन्तर्राष्ट्रिय परमाणु उर्जा (आइएइए)को वार्षिक रिपोर्ट अनुसार उत्तरी प्योङयाङमा परमाणु हरियार उत्पादनका लागि उत्तर कोरियाले रियाक्टर प्लुटोनियमको उत्पादन सुरु गरेको उल्लेख गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.