सीता भण्डारी मृत्युप्रकरण: सँगै सुतेकी श्रीमतीबारे श्रीमान अनविज्ञ

सीता भण्डारी मृत्युप्रकरण: सँगै सुतेकी श्रीमतीबारे श्रीमान अनविज्ञ

बुटवल : रुपन्देहीको तिलोत्तमामा एक युवतीको रहस्यमय मृत्यु भएको छ। युवतीका माइतीपक्षले ‘हत्या’ भएको आरोप लगाउँदै न्यायका लागि अपिल गरेका छन्। घटनाको छानविन हुन नसक्दा आन्दोलन चर्किएको छ।

घटना भदौ २० गते बिहान साढे ४ बजेको हो। दुई वर्षअघि विवाह गरेकी २८ वर्षीया युवती सीता भण्डारी पौडेलको मृत्यु भयो। उनले ‘आत्महत्या’ गरेको दावी प्रहरीको छ। उनका माइतीपक्ष भने यो स्वीकार्ने पक्षमा छैनन्, छोरीको ‘हत्या’ नै भएको दावी गर्छन्।

सीताको शंकास्पद मृत्युपछि आफन्तले छानविन गरी दोषीमाथि कारबाहीको माग गरेका छन्। तिलोत्तमा-८ मणिग्राममा चार नम्बरमा २ वर्षअघि विवाह  गरेकी सीताको आफ्नै घरभित्र हत्या भएको भन्दै माइतीपक्षले कारबाहीका लागि प्रहरीमा जाहेरी दिएपनि सुनुवाई नभएको भन्दै गुनासो गरेका छन्।

माइती पक्षले नाराबाजी र हारगुहार गरिरहेका छन्। आइतबार र सोमबार दिनभरजसो सडकमै आन्दोलन भयो। मणिग्राम चोकमा करिब एक सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन भएर भीडलाई तितरवितर पारेको थियो। पीडितहरु प्रशासनले आफ्नो आवाज नसुनेको भन्दै सडकमै उत्रिएका हुन्।

हत्यापछि माइती पक्षले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए। तर प्रहरीले सुरुमा वास्तै गरेन। भण्डारी आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएको बताइको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले युवतीको शव पोस्टमार्टममा आत्महत्या भन्ने रिपोर्ट आएको जनाएको छ। प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले पीडितका तर्फबाट परेको जाहेरीका आधारमा सीताका श्रीमान र आमाजुलाई नियन्त्रणमा लिएर छानबिन भइरहेको बताए।

पीडित पक्षले भदौ २२ गते दिएको जाहेरीका आधारमा श्रीमान टिका पौडेल र आमाजु विष्णु पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरु विरुद्ध आत्महत्या दुरुस्साहनको जाहेरी परेको छ। प्रहरीले मृतक र निजका श्रीमानको मोबाइल टेक्निकल अध्ययनका लागि डिजिटल फोरेन्सिक ल्यावमा पठाइएको जनाएको छ।

सीता र उनका श्रीमान।

प्रहरीले आत्महत्या भनेपनि सीतको शरीरमा देखिएका अन्य निलडामको विषयमा केही खुलाएको छैन। सीता र उनका श्रीमान एउटै कोठामा सुतेका थिए। श्रीमती झुण्डिएर आत्महत्या गर्दा समेत श्रीमानले थाहा नपाउनु आश्चर्य रहेको छिमेकीले बताएका छन्। माइती परिवारले भने उनलाई कुटपिट गरी हत्या गरिएको दावी गरिरहेका छन्। 

पाल्पामा दरबार रिसोर्ट संचालन गरेका मृतक सीताका श्रीमान ४३ वर्षीय टीका पौडेलको परिवारले योजनावद्धरुपमा आफ्नो छोरीको हत्या गरे पनि प्रहरीले घटनालाई सत्यतथ्य छानविन नगरी लुकाउन खोजिरहेको भन्दै न्यायका लागि आग्रह गरेका छन्। ‘भदौ १९ गते रातिको घटना माइतीपक्षलाई भोलि बिहान ५ बजेमात्रै जानकारी दिइएको थियो, सीताका मामा आकाश पोख्रेलले भने।

सीता तीज मनाउन माइती पुगेकी थिइन्। उनका श्रीमानले अकस्मात १९ गते साँझ भतिजको जन्मदिन मनाउन भन्दै बोलाएका थिए। तर सीताको अर्का बिहान नहुँदै मृत्यु भयो। माइती पक्षले बोलाएरै योजनावद्ध हत्या गरिएको बताएका छन्।

करिब १५ वर्ष उमेरको अन्तर श्रीमान श्रीमतीको छ। मागी विवाह भएको दुई वर्षमात्रै भएको थियो। मृत्यु भएको आठ दिनसम्म पनि उनको शव उठेको छैन। आफन्तले सोमबार पनि तिलोत्तमा क्षेत्रमा नाराबाजी गरेका थिए।

मणिग्राममा तैनाथ प्रहरी। तस्बिर : अन्नपूर्ण
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.