जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे

जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे

टोकियो : जापानमा एक शताब्दी अर्थात् सय वर्षभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धवृद्धाको संख्या ८५ हजार नाघेको छ। पहिलो पटक सय वर्ष वा सोभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धहरुको संख्या १० हजार पुगेसँगै जापानमा नयाँ कीर्तिमानी कायम गरिएको बताइएको छ। 

मंगलबार जापानको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सय वा सोभन्दा बढी उमेर पार गर्नेहरुको संख्या अघिल्ला वर्षहरुको तुलनामा उल्लेखनीय रुपले बढिरहेको छ। जसअनुसार पछिल्लो समय सय वर्ष उमेर नाघ्नेहरुको संख्या वर्षेनी ६ हजारको दरले बढिरहेको छ। 

जापानमा सय वर्षभन्दा बढी बाँच्नेमा पुरुषहरुको तुलनामा महिलाको संख्या रहेको छ। करिब ८६ हजार ५१०  वृद्धवृद्धामध्ये १० हजार ६० वृद्धहरुको संख्या रहेको छ। जापानमा सन् १९६३ देखि शताब्दी नाघेका मानिसहरुको जनगणना थालिएको थियो। सुरुवाती चरणको तुलनामा पछिल्लो समय सो संख्या ८६ प्रतिशतको दरले बढेको अधिकारीहरुले जनाएका छन्। सय वर्षभन्दा बढी उमेरसम्म बाँच्नुमा जापानको अत्याधुनिक मेडिकल प्रविधि र खानपान जीवनशैली रहेको जापानको स्वास्थ्य मन्त्रालयको भनाई छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.