भारतमा इन्जिनियरिङको पाठ्यक्रममा रामायण र महाभारत

भारतमा इन्जिनियरिङको पाठ्यक्रममा रामायण र महाभारत

भोपाल : भारतमा अब इन्जिनियरिङका विद्यार्थीले महाभारत र रामायण पढ्नुपर्ने भएको छ। भारतको मध्य प्रदेशका कलेजमा भर्ना हुने इन्जिनियरिङका विद्यार्थीहरुले अब महाभारत र रामायण पढ्नु पर्ने भएको हो। 

मध्य प्रदेशको उच्च शिक्षा विभागका अनुसार इन्जिनियरिङ विषयको पाठ्यक्रममा रामायण, महाभारत र रामचरितमानस समावेश गरिएको छ। अध्ययन बोर्डका शिक्षकहरुको उपस्थितिमा एनईपी २०२० अन्तर्गत रामायण, महाभारतसहितको पाठ्यक्रम तयार गरिएको हो। 

समकालिन कार्यलाई प्रभावकारी बनाउन विद्यार्थीले थुप्रै सिकाई हासिल गर्न सक्ने भएकोले इन्जिनियरिङको पाठ्यक्रममा रामायण, महाभारत र रामचरितमानस समावेश गरिएको मध्य प्रदेशका शिक्षामन्त्री मोहन यादवले बताएका छन्। ‘जसले भगवान रामको चरित्र र महाभारतको दर्शनलाई समकालिन कार्यसँग जोड्न चाहनेले इन्जिनियरिङ पाठ्यक्रमअनुसार सिक्न सक्छन्। यदि हामी आफ्नो गौरवशाली इतिहासलाई अघि बढाउन सक्छौँ भने नयाँ पाठ्यक्रममा कुनै आपत्ति छैन’ उनले भनेका छन्। 

यहि शैक्षिक वर्षदेखि लागु हुने गरी जारी गरिएको नयाँ पाठ्यक्रमअनुसार रामायण, महाभारत र रामचरितमानसलाई वैकल्पिक विषयमा राखिएको छ। महाभारत भने अनिवार्य र वैकल्पिक दुवैमा समावेश गरिएको अधिकारीहरुले जनाएका छन्। अंग्रेजी र हिन्दी भाषाको सट्टा योग र ध्यानसमेत पाठ्यक्रममा समावेश गरिएको छ। 
मध्य प्रदेशका सबै इन्जिनियरिङ र गैर इन्जिनियरिङ कलेजहरु सेप्टेम्बर १५ देखि भौतिक रुपमा सञ्चालन हुनेछन्। कक्षाकोठामा ५० प्रतिशत विद्यार्थीको उपस्थितिमा पठनपाठन सञ्चालन गरिनेछ। 
भारतमा केहि महिनाअघि इन्जिनियरिङ विषयलाई विभिन्न आठ मातृभाषामा पठनपाठन सञ्चालन गर्न निर्देशन जारी गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.