मालिंगाको सन्न्यास
कोलम्बो : श्रीलंकाका तीव्र गतिका बलर लासिथ मालिंगाले टीट्वेन्टी क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्।
मालिंगाले मंगलबार टीट्वेन्टी क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन्। ३८ वर्षीय मालिंगाले यसअघि सन् २०११ मा टेस्ट र सन् २०१९ मा एकदिवसीय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए।
मालिंगा टीट्वेन्टी क्रिकेटमा पहिलो एक सय विकेट लिने पहिलो बलर पनि हुन्। मालिंगा टीट्वेन्टी क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडीमा चौथो स्थानमा छन्। उनी अघि वेस्ट इन्डिजका ड्वेन ब्राभो, दक्षिण अफ्रिकाका इमरान ताहिर र वेस्ट इन्डिजकै सुनील नारिन छन्।