हजारौं कान्दहरबासीलाई घर छोड्न तालिवानको तीन दिने अल्टिमेटम

हजारौं कान्दहरबासीलाई घर छोड्न तालिवानको तीन दिने अल्टिमेटम

कान्दहर : तालिवानले दक्षिण अफगानिस्तानस्थित कान्दहर शहरका हजारौं बासिन्दालाई आफ्नो घर छोड्नका लागि तीन दिने अल्टिमेटम दिएका छन्। सरकारी स्वामित्वमा रहेका तालिवान विरोधी बासिन्दालाई घर छोड्न तालिवानले आगामी तीन दिनको अल्टिमेटम दिएका हुन्। 

बुधबार सीएनएनमा प्रकाशित समाचारअनुसार मंगलबार सयौं तालिवान विरोधीहरुले कान्दहर शहरस्थित सरकारी कार्यालयअघि प्रदर्शन गरेका थिए। सरकारी स्वामित्वमा रहेको आवासिय क्षेत्रका ३ हजार ५ सय बासिन्दालाई घर छोड्न तालिवानले तीन दिने अल्टिमेटम दिएको प्रदर्शनकारीहरुले सीएनएनसँग बताएका छन्। 

तालिवानले घर छोड्न अल्टिमेटम दिनुको कारण हालसम्म नबताएको र घर छोडेपछि आफुहरु अलपत्र पर्ने प्रदर्शनकारीहरुले बताएका छन्। ‘घर छोडेर हामी कहाँ जाने ? आफुसँग भएको सानो रकमले सानो घर बनाएर बसेका छौं। तालिवानले घर छोड्न लगाउनुको कारण बताएको छैन। पक्कै पनि हामी गरिब भएकोले होला तालिवानले हामीलाई लखेट्न खोजेको’ एक महिला प्रदर्शनकारीले भनेकी छन्। 

मंगलबार सयौ प्रदर्शनकारीहरुले अफगानिस्तानको राष्ट्रिय झन्डा बोकेर प्रदर्शन गरेका थिए। प्रदर्शनमा बालबालिका र महिला समेत सहभागी थिए। 
तालिवानले भने यसबारे हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन। 
- सीएनएन 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.