चिनियाँ राजदूतलाई बेलायतको संसदमा छिर्न प्रतिबन्ध

चिनियाँ राजदूतलाई बेलायतको संसदमा छिर्न प्रतिबन्ध

बेइजिङः चिनियाँ राजदूतलाई बेलायतको संसदमा उपस्थित हुन रोक लगाइएको छ । गत मार्चमा चीनले बेलायतका सात संसदलाई प्रवेश गर्न नदिएपछि बेलायतले बदलाको रुपमा चिनियाँ राजदूतलाई संसदमा उपस्थित हुन नदिने भएको हो ।

गत मार्चमा चीनले बेलायतको तल्लो र माथिल्लो सदका गरी सात सांसदलाई प्रवेशमा प्रतिबन्ध लगाएको लगाएको थियो । त्यसको बदलाको रुपमा बेलायतले संसदमा आयोजित चीन सम्बन्धी सर्वदलीय कार्यक्रममा चिनियाँ राजदूतलाई उपस्थित हुन रोक लगाएको हो । कार्यक्रममा पुगेका बेलायतका लागि चिनियाँ राजदूतलाई कार्यक्रमबाटै फिर्ता पठाइएको हो ।

चीनको यस्तो निर्णयप्रति चीनले भने आपत्ति जनाएको छ । बेलायतको संसदले चिनियाँ राजदूतलाई कार्यक्रममा सहभागी हुन नदिनु भनेको बेलायतको संकिर्ण र पाखण्डी मानसिकता भएको भन्दै चिनियाँ अधिकारीले आपत्ति जनाएका हुन् । चिनियाँ दूतावासका प्रवक्ताले भनेका छन्, 'बेलायतको संसदले गरेको यो एक घृणित र कायर काम हो । यसले दुबै देशको हितमा हानी पुर्‍याउँछ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.