शिक्षक हत्या प्रकरण : छिमेकी महिलाको संलग्नता

शिक्षक हत्या प्रकरण : छिमेकी महिलाको संलग्नता

दैलेख : दैलेखको गुराँस गाउँपालिका–८ स्थित मालिका मावि छोटेपोखरामा कार्यरत शिक्षक ४२ वर्षीय नगेन्द्रबहादुर बिसीको हत्यामा छिमेकी महिलाको संलग्नता रहेको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठका अनुसार छिमेकी २५ वर्षीया मुना रानाले बिसीको हत्या गरेको पुष्टि भएको हो।

छोटेपोखरास्थित घटनास्थलको पश्चिमपट्टी ३० मिटरको दूरीमा बसोबास गर्दै आएकी स्थानीय डम्बर खड्काको पत्नी मुना रानाले शिक्षक बिसीको हत्या गरेको स्वीकार गरेकी छिन्। मुनाले सोमबार राती साढे १ बजे व्यक्तिगत रिसिबीका कारण धारिलो हतियार प्रयोग गरी बिसीको घाँटी रेटेर हत्या गरेको प्रहरी समक्ष बयान दिएकी छिन्। 

‘मुनाले शिक्षक बिसीको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको भनी अनुसन्धानका क्रममा स्वीकार गरेकी छिन्’, डिएसपी श्रेष्ठले भने, ‘सोही आधारमा पीडित पक्षबाट जाहेरी दरखास्त लिइ कर्तव्य ज्यान कसुरको अनुसन्धानका लागि दैलेख जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखेर विस्तृत अनुसन्धान थालेका छौं।’ प्रहरीले मुनाको कोठाबाट धारिलो हतियार लगाएतका  प्रमाणहरु समेत बरामद गरेको जनाएको छ।  

सवुत प्रमाण संकलन र खानतलासी, बराम, मुचुल्का समेतको प्रारम्भिक अनुसन्धान प्रक्रिया सम्पन्न गरी मृतक बिसीलाई धारिलो बस्तु प्रयोग गरी कर्तव्य गरी मारेको प्रारम्भिक अनुसन्धान पश्चात् घटनास्थलबाट प्राप्त भौतिक प्रमाण, प्राविधिक तथा तथ्यपरक अनुसन्धानको आधारमा शिक्षक बिसी हत्यामा मुना नै संलग्न रहेको पुष्टि भएको प्रहरीले जनाएको छ। 

शिक्षक बिसी मंगलबार बिहान ७ बजे मालिका मावि छोटेपोखराको टिनको छानो भएको विज्ञान प्रयोगशाला अगाडिको बरण्डामा घाँटी रेटी हत्या गरिएको अवस्थामा फेला परेका थिए। उक्त घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक ईन्द्रजित सुनारको कमाण्डमा सोको अफिसर सहित प्रहरी चौकी लाँलीकाँडाको प्रहरी टोली परिचालन गरिएको थियो। 

प्रहरीले घटनास्थलबाट मृतक बिसीको मोबाइल, चप्पल बरामद गरेको थियो। प्रहरी निरिक्षक इन्द्रजित सुनारका अनुसार घटनामा संलग्न रहेको हुन सक्ने भन्दै शंकास्पद् १० जनालाई मंगलबार नै नियन्त्रणमा लिएको थियो। तीमध्ये हत्या घटनामा मुनाको प्रत्यक्ष संलग्न रहेको प्रहरीले जनाएको छ। 

मृतक बिसी विगत १३ वर्षदेखि राहत शिक्षकको रुपमा मालिका माविमा कार्यरत थिए। उनी सोही विद्यालयका पूर्व विद्यार्थी समेत हुन्। मृतक बिसीका श्रीमती र दुई छोरा छन्। १९ वर्षीया सुनिल बिसी र १७ वर्षीय अंकित बिसी अध्ययनका लागि बाँकेको नेपालगञ्जमा बस्दै आएका पारिवारिक स्रोतले जनाएको छ। घटना भएको दिन शिक्षक बिसीकी पत्नी दैलेख सदरमुकाम आएकी थिइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.