इन्डोनेसिया अदालतको फैसला: वायु प्रदुषण बढ्नुमा राष्ट्रपतिको भूमिका

इन्डोनेसिया अदालतको फैसला: वायु प्रदुषण बढ्नुमा राष्ट्रपतिको भूमिका

जर्काताः इन्डोनेसियाको वायु प्रदुषण बढ्नुमा राष्ट्रपति जोको विडोडो र सम्बन्धित निकायका अधिकारीहरुको मुख्य हात रहेको जकार्ता जिल्ला अदालतले पुष्टि गरेको छ ।

अदालतले वायु प्रदुषण व्यवस्थापनमा बेवास्ता गरेको र वायु प्रदुषणका कारण स्थानीयको स्वास्थ्यमा नकारात्मक असर पर्नुमा राष्ट्रपति र सम्बन्धित निकायका अधिकारीहरुको मुख्य हात रहेको भन्दै अदालतले फैसला गरेको हो ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार संसारकै बैभन्दा बढी वायु प्रदुषण हुने स्थानमा जइन्डोनसियाको राजधानी जकार्ता पर्छ । सन् २०१९ मा जकार्ता सहर संसारको सबैभन्दा बढी वायु प्रदुषित सहरमा परेको थियो ।

उक्त सहरमा १ करोडभन्दा बढी मानिसहरु बसोबास गर्दैआएका छन् । सन् २०१९ मा जकार्तावासीले वायु प्रदुषण बढेको भन्दै इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो र वन तथा वातावरण मन्त्रालयसहित अन्य ३२ सरकारी अधिकारीविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए ।

राष्ट्रपतिसहित सबै सरकारी कर्मचारीले वायु प्रदुषण व्यस्थापनमा बेवास्ता गर्दा वर्षेनी वायु प्रदुषण बढ्दै गएको र खराव वायुका कारण सहरवासीको स्वास्थ्य बिग्रेको तर्क उनीहरुले गरेका थिए ।

उक्त अदालतले वायु प्रदुषण बढ्नु र सहरवासीको स्वास्थ्य अवस्था बिग्रनुमा राष्ट्रपति र सम्बन्धित निकायका सरकारी अधिकारीहरुलाई दोषी ठहर गरेको छ ।

राष्ट्रिय वायु गुणस्तर मापन अनुसार वायु शुद्धिकरणमा केन्द्रित हुनुपर्ने र वायु प्रदुषणमा योगदान पुर्‍याउने सवारी साधनको कार्बन उत्सर्जन परीक्षण गरी कदम चाल्न अदालतले राष्ट्रपति विडोडोलाई निर्देशन दिएको छ । यसअघि अदालतले वायु प्रदुषणसम्बन्धी फैसला आठौँ पटक स्थगित गरेको थियो ।

बीबीसीबाट
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.