चीनमा १ अर्ब बढीले कोरोनाको पूर्ण खोप लगाए, तालिबान नेता प्रभावशाली व्यक्तिको सूचीमा

चीनमा १ अर्ब बढीले कोरोनाको पूर्ण खोप लगाए, तालिबान नेता प्रभावशाली व्यक्तिको सूचीमा

आइएसका नाइके मारिएको फ्रान्सको दाबी

पेरिस: फ्रान्सले ग्रेटर सहारामा इस्लामिक स्टेट ग्रेटर सहारा (आइएसजिएस)का नाइके मारिएको दाबी गरेको छ । इस्लामिक स्टेट अफ इराक एण्ड लिभेन्टको स्वामित्वमा रहेको ग्रेटर सहाराका आइएसका नाइके फ्रान्सेली सेनाहरुद्वारा मारिएको दाबी फ्रान्सले गरेको हो ।

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले माली, नाइजर र बुर्किना फासोको त्रिदेशीय नाकामा भएको आत्मघाती आक्रमणमा परी ग्रेटर सहारा आइएसका नाइके अदनान अबु अल सारवी मारिएको बताएका छन् ।

फ्रान्सको रक्षा मन्त्रालयका अनुसार उनी फ्रान्सको वार्कहेन सैन्य बलले मारेको छापामा मारिएका हुन् ।‘ग्रेटर सहारामा रहेको आतंकवादी समूह आइएसलाई फ्रान्सको सुरक्षा बलले तटस्थ राखेको थियो’ घटनाको विस्तृत विवरण नदिई बिहीबार ट्वीटमार्फत राष्ट्रपति म्याक्रोनले भनेका छन्, ‘तर सहेलमा आइएसका नाइके मारिएसँगै फ्रान्सले आतंकवादीविरुद्ध अर्को ठूलो सफलता हासिल गरेको छ ।’

फ्रान्सका रक्षामन्त्री फ्लोरेन्स पर्लीका अनुसार सहेल क्षेत्रमा फ्रान्स सेनाले विगत आठ वर्षदेखि सैन्य अपरेसन थालेको छ । आइएसजिएस समूह सन् २०१५ मा अल सारवीले स्थापना गरेका हुन् । माली, नाइजर र बुर्किना फासोका नागरिक र सेनामाथि विभिन्न समयमा आक्रमण हुनुमा सो समूह दोषी ठानिन्छ ।
०००
फ्रान्समा खोप असफल हुँदा ३ हजार स्वास्थ्यकर्मी निलम्बित

पेरिसः कोरोनाविरुद्धको खोपमा असफलता हात पार्दा फ्रान्सका ३ हजार स्वास्थ्यकर्मी निलम्बनमा परेका छन् । सरकारको मागअनुसार स्वास्थ्यकर्मीले भनेको समयावधिभित्र कोरोनाविरुद्ध खोप लगाउन नसक्दा बिहीबार हजारौँ स्वास्थ्यकर्मी निलम्बनमा परेको स्थानीय मिडियाले जनाएका छन् । 

फ्रान्सेली स्वास्थ्यमन्त्री ओलिभियर भिरानका अनुसार फ्रान्स सरकारले गत जुलाईमा कोरोनाविरुद्धको खोपका लागि स्वास्थ्यकर्मीलाई सेप्टेम्बर १५ सम्मको समयावधि तोकेको थियो । सो समयावधिभित्र खोप लगाउन असफल बनेका विभिन्न स्थानमा कार्यरत ३ हजारभन्दा बढी स्वास्थ्यकर्मीलाई निलम्बन गरिएको छ ।

‘बुधबारसम्म खोपमा असफलता हासिल गर्ने ३ हजार २ सय स्वास्थ्यकर्मीलाई निलम्बन गरिएको छ भने बाँकी जाँच अघि बढाइएको छ’ स्वास्थ्यकर्मी भिरानले भनेका छन् । फ्रान्सभर करिब २ करोड ७ लाख स्वास्थ्यकर्मी कार्यरत छन् । फ्रान्सको दुई तिहाई जनसंख्याले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको बताइएको छ ।
०००
सन् २०२१ मा अफगानिस्तानबाट ६ लाख भन्दा बढी मानिस विस्थापितः संयुक्त राष्ट्रसंघ

काबुलः सन् २०२१ मा मात्र अफगानिस्तानबाट ६ लाख ३४ हजार भन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघ एजेन्सीले जनाएको छ । संयुक्त राष्ट्रसंघले बिहीबार एक रिपोर्ट सार्वजनिक गर्दै सन् २०२१ मा जारी द्धन्द्धका कारण सो संख्यामा अफगान नागरिकहरु विस्थापित भएको बताएको छ ।

सो रिपोर्टअनुसार सन् २०२१ जनवरीदेखि १२ सेप्टेम्बरसम्म भएको द्धन्द्धका कारण जम्मा ६ लाख ३४ हजार ८ सय मानिस अफगानिस्तानबाट विस्थापित भएका छन् । त्यसमध्ये २ लाख ८२ हजार २४६ मानिसले मात्र विस्थापित पछिको सहायता पाएका छन् ।

द्धन्द्धबाहेक २८ हजारभन्दा बढी अफगान नागरिकहरु प्राकृतिक प्रकोपका कारण विस्थापित भएको समेत उक्त रिपोर्टमा उल्लेख छ । संयुक्त राष्ट्र संघका सचिव एन्टोनियो गुटेरेसले अफगानिस्तानमा गम्भीर मानवीय संकट सिर्जना भएको भन्दै आर्थिक सहयोग गर्न सबै राष्ट्रहरुसँग अपिल गरेका थिए । राष्ट्र संघले मंगलबारसम्म १.२ विलियन अमेरिकी डलर सहयोग जम्मा गरेको थियो ।
०००
चीनमा १ अर्बभन्दा बढी मानिसले पूर्ण खोप लगाए

बेइजिङः चीनमा १ अर्बभन्दा बढी मानिसले कोरोनाविरुद्ध पूर्ण खोप लगाएका छन् । बिहीबार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले १ अर्बभन्दा बढी मानिसलाई पूर्ण खोप लगाएको घोषणा गर्दै कोरोना संक्रमणविरुद्ध आफूहरुले उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ ।

आयोगका अनुसार बिहीबारसम्म चीनका ७० प्रतिशत अर्थात् १ अर्ब ४ करोड मानिसले पूर्ण रुपमा कोरोनाविरुद्धको खोप लगाइसकेका छन् भने १ अर्ब १ करोडभन्दा बढी मानिसले पहिलो चरणको खोप लगाएका छन् । चीनले सेप्टेम्बर १५ सम्ममा २ खर्ब १६ अर्ब खोप वितरण गरिसकेको आयोगका प्रवक्त मी फेङले बताएका छन् ।

संसारकै सबैभन्दा ठूलो मानिने चीनको खोप कार्यक्रम गत वर्षदेखि सुरु भएको थियो । चीनले कोरोनाविरुद्ध आफैँले उत्पादन गरेको सिनोफार्म खोप वितरण गरिरहेको छ । हाल ६ भन्दा बढी घरेलु कम्पनीलाई सो खोप उत्पादनको जिम्मेवारी दिइएको छ । चीनले हाललाई १२ वर्षभन्दा माथिका मानिसको लागि सो खोप उपलब्ध गराइरहेको छ ।
०००
भारतमा भारी वर्षा, २० घण्टामा १६ को मृत्यु

उत्तर प्रदेशः भारतको उत्तर प्रदेशका विभिन्न जिल्लामा भारी वर्षाका कारण कैयौँको मृत्यु भएको छ । भारी वर्षाका कारण पछिल्लो २० घण्टामा १६ मानिसको मृत्यु भएको प्रदेश सरकारले जनाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार उत्तर प्रदेशका विभिन्न ४० जिल्लाहरुमा विगत ४८ घण्टादेखि लगातार पानी परिरहेको छ । वर्षाका कारण भएको विभिन्न दुर्घटनामा परी २० घण्टामा १६ मानिसको मृत्यु भइसकेको छ ।

उत्तर प्रदेशको राजधानी लखनउ, प्रयागराज, वराणसी, कानपुर, अयोध्या, जौनपुर, सुल्तापुर, भदोही, गाजीपुर लगायत विभिन्न ४० जिल्लामा दुई दिनदेखि निरन्तर पानी परिरहेको स्थानीय मिडियाले जनाएका छन् ।

पश्चिम बंगालमा आएको चक्रपात तुफानका कारण उत्तर प्रदेशमा भारी वर्षा भएको भारतको मौसम विभागले जनाएको छ । विभागका अनुसार विगत २४ घण्टामा अनुमानभन्दा ७ गुणा बढी पानी परेको छ । लखनउमा पछिल्लो ९ घण्टामा १०० मिलिमीटर भन्दा बढी पानी परेको विभागले जनाएको छ ।
०००
इन्डोनेसियाको वायु प्रदुषण बढ्नुमा राष्ट्रपतिको हात

जर्काताः इन्डोनेसियाको वायु प्रदुषण बढ्नुमा राष्ट्रपति जोको विडोडो र सम्बन्धित निकायका अधिकारीहरुको मुख्य हात रहेको जकार्ता जिल्ला अदालतले पुष्टि गरेको छ ।

अदालतले वायु प्रदुषण व्यवस्थापनमा बेवास्ता गरेको र वायु प्रदुषणका कारण स्थानीयको स्वास्थ्यमा नकारात्मक असर पर्नुमा राष्ट्रपति र सम्बन्धित निकायका अधिकारीहरुको मुख्य हात रहेको पुष्टि गरेको हो ।

इन्डोनसियाको राजधानी जकार्ता सहरमा संसारको सबैभन्दा बढी वायु प्रदुषित सहरमा पर्छ । सन् २०१९ मा जकार्ता सहर संसारको सबैभन्दा बढी वायु प्रदुषित सहरमा परेको थियो । सो सहरमा १ करोडभन्दा बढी मानिसहरु बसोबास गर्दै आएका छन् ।

सन् २०१९ मा जकार्तावासीले वायु प्रदुषण बढेको भन्दै इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो र वन तथा वातावरण मन्त्रालयसहित अन्य ३२ सरकारी अधिकारीविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए । राष्ट्रपतिसहित सबै सरकारी कर्मचारीले वायु प्रदुषण व्यस्थापनमा बेवास्ता गर्दा वर्षेनी वायु प्रदुषण बढ्दै गएको र खराव वायुका कारण सहरवासीको स्वास्थ्य विग्रेको तर्क उनीहरुले गरेका थिए ।

उक्त अदालतले वायु प्रदुषण बढ्नु र सहरवासीको स्वास्थ्य अवस्था बिग्रनुमा राष्ट्रपति र सम्बन्धित निकायका सरकारी अधिकारीहरुलाई दोषी ठहर्‍याएको छ । राष्ट्रिय वायु गुणस्तर मापन मापदण्डअनुसार  वायु शुद्धिकरणमा केन्द्रित हुनुपर्ने र वायु प्रदुषणमा योगदान पुर्‍याउने सवारी साधनको कार्बन उत्सर्जन परीक्षण गरी कदम चाल्न अदालतले राष्ट्रपति विडोडोलाई निर्देशन दिएको छ । यसअघि अदालतले वायु प्रदुषणसम्बन्धि फैसला आठौँ पटक स्थगित गरेको थियो ।
०००
नाइजेरियामा ट्वीटरमाथिको प्रतिबन्ध हट्दै

आबुजाः नाइजेरियाले सामाजिक सञ्जाल ट्वीटरमाथि लगाएको प्रतिबन्ध चाँडै हटाउने भएको छ । प्रतिबन्ध लगाएको तीन महिनापछि नाइजेरिया सरकारले ट्वीटरमाथि लागेको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

सो प्रतिबन्ध हट्ने निर्णयपछि सामाजिक सञ्जाल ट्वीटरमा फर्किन चाहने प्रयोगकर्ताको खुसी भएको बताइएको छ । नाइजेरियाका सूचना तथा सञ्चारमन्त्रीलाई मोहम्मदले ट्वीटरमाथि लगाएको प्रतिबन्धले नागरिकहरुले विरोध जनाएपछि सो प्रतिबन्ध हटाउने निर्णय गरिएको बताएका छन् ।

उनले सो प्रतिबन्ध यस वर्षको अन्त्यसम्ममा पूर्ण रुपमा हटाइने जानकारी दिएका छन् । नाइजेरियाको बिजनेस र अभिव्यक्ति स्वतन्त्रमा खलल र आच पुर्‍याएको भन्दै गत जुनमा नाइजेरियाले ट्वीटरमाथि प्रतिबन्ध लगाएको थियो ।
०००
तालिबानका नेता अब्दुल घानी टाइम म्यागजीनको प्रभावशाली व्यक्तिको सूचीमा

काबुलः तालिबानका सह संस्थापक नेता एवं अफगानिस्तानका उप प्रधानमन्त्री अब्दुल घानी बरादर टाइम म्यागजीनको प्रभावशाली १०० व्यक्तिको सूचीमा पर्न सफल भएका छन् ।

टाइम म्यागजीनद्वारा हालै प्रकाशित सन् २०२१ का सबैभन्दा बढी प्रभावशाली १०० व्यक्तिको सूचीमा तालिबान नेता बरादर पर्न सफल भएका हुन् । टाइमको सूचीमा बरादरलाई सूचीकृत गर्दै वरिष्ठ पत्रकार अहमद रसिदले अफगान तालिबानका संस्थापक सदस्यमध्ये ‘एक चामत्कारिक सैन्य नेता’ र ‘आकर्षक व्यक्तित्व’को रुपमा व्याख्या गर्दै उनलाई ‘सम्मानित’व्यक्तिको दर्जा दिएका छन् ।

बरादरकै अग्रसरता र नेतृत्वमा अगष्टमा तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएको बताइन्छ । अफगानिस्तानमा चलेको रक्तपातका बीच चीन र पाकिस्तानसँग राम्रो सम्बन्ध बनाउनुमा बरादरको मुख्य भूमिका रहेको बताइन्छ ।

‘मुस्किलले सार्वजनिक ठाउँमा बोल्ने र अनावस्यक रुपमा अन्तर्वार्ता नदिने बरादर एक शान्त, रहस्ययी व्यक्ति हुन् । पश्चिमाहरुको भोकलाई रहस्यमयी तरिकाले हटाउने र आफ्नो स्वाधिनमा अफगानिस्तानलाई बचाउने व्यक्ति हुन्’ टाइम म्यागजीनमा प्रकाशित उनको प्रोफाइलमा भनिएको छ ।

अफगान महिला अधिकारकर्मी महबुबा सेरज, अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस, चिनियाँ प्रधानमन्त्री सी जिङपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, इरानी राष्ट्रपति इब्राहिम रैसी, बेलायती राजकुमार प्रिन्स ह्यारी र मेघन मार्केल आदि टाइम म्यागजीन २०२१ को प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् ।
०००

अष्ट्रेलियाको अमेरिका–बेलायत सुरक्षा सम्झौताले चीनको व्यापार जोखिममा

सिड्नीः अष्ट्रेलियाले अमेरिका र बेलायतसँग गरेको नयाँ सुरक्षा सम्झौताले चीनको व्यापार जोखिममा रहेको छ । नयाँ सम्झौताले सबैभन्दा ठूलो निर्यातकर्ता ठूलो धक्का लाग्ने र चीनको व्यापार खतरामा पुग्ने विश्लेषकहरुले बताएका छन् ।

चीनलाई चुनौती दिन बुधबार अमेरिका, बेलायत र अष्ट्रेलियाले गरेको नयाँ ईन्डो प्यासिफिक सम्झौताले समेत चीनसँगको व्यापार र सम्बन्धमा ठूलो खतरा पुग्ने विश्लेषकहरुको भनाइ छ ।

परिस्कृत आणविक रक्षा प्रविधि पहुँचसँग पश्चिमा शक्तिसँगको सुरक्षा सम्झौताले चीनलाई धक्का पुग्ने र त्यसले दीर्घकालीन सामुद्रीक व्यापारमा जोखिम सिर्जना हुने फ्न्डिर्स युनिभर्सिटी इन्टरनेसनल रिलेसन्सका लेक्चरर माइकल सुल्लीभानले बताएका छन् ।

‘चीनले अमेरिका र बेलायतसँग भविष्यमा रक्षा सहकार्य गर्ने या नगर्ने भन्नेबारे सोचेर निर्णय लिनेछ । यसले सैन्य बृद्धि र आफ्नो चासोमा रहेको ‘बेल्ट एण्ड रोड’ खतरा पुर्‍याउने छ’ उनले भनेका छन् ।

चीनले पछिल्ला वर्षहरुमा अष्ट्रेलियाबाट आयात हुने वाइन, विफ, बार्ली र कोइला निर्यातमा कडा शुल्क र प्रतिबन्ध लगाएको थियो । चीनबाट अष्ट्रेलियामा वर्षेनी करिब ८७ विलियन डलरको विभिन्न सामग्री निर्यात हुने गर्छ भने अष्ट्रेलियाबाट चीनमा वर्षेनी १२७ विलियन डलर आयात हुने गर्छ । सो सम्झौताले दुई देशबीच मनमटाव सुरु भएमा चीनको करिब ४० देखि ४५ प्रतिशत व्यापार खतरामा पर्ने विश्लेषकहरुले जनाएका छन् ।

चीनले फलामलगायत अन्य खनिज र निर्माण सामग्री समेत अष्ट्रेलियाबाट आयात गर्छ । ‘यदी चीनले फलामजन्य वस्तु आयातमा मात्र रोक लगाए पनि त्यो अष्ट्रेलियाका लागि ठूलो क्षति हुनेछ’ वरिष्ठ अर्थविद् सेन ओलीभरले भनेका छन्, ‘यसले अष्ट्रेलियाको मात्र नभई चीनको व्यापारमा पनि ठूलो घाटा लाग्नेछ ।’

यती मात्र नभई कोभिडका कारण अष्ट्रेलियाले आफ्नो अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेको छ भने अष्ट्रेलियाभित्र रहेका चिनियाँ पर्यटक र विद्यार्थीको कारण पनि चीनमाथि दबाब दिइरहेको छ । जसको कारण पनि चीन र अष्ट्रेलियाबीचको व्यापार जोखिममा जाने प्रवल सम्भावना रहेको विश्लेषकहरुको भनाइ छ ।

संयोजन: अस्मिता खड्का
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.