कोरोना कहरमा म्युजिक भिडियो

कोरोना कहरमा म्युजिक भिडियो

कुनै समय म्युजिक भिडियोमा नाक खुम्च्याउने सिनेमाको पर्दामा चलेका कलाकारलाई दाम, नाम दिने विधा नै बन्यो म्युजिक भिडियो।

पछिल्लो समय नेपालमा म्युजिक भिडियोको निर्माणले एउटा उचाइ नै हात पारेको छ। कुनै दिन सीमित मोडल र प्राविधिक वरिपरि घुमिरहेको म्युजिक भिडियो विधाले यतिबेला फराकिलो रूप लिइसकेको छ। नेपाली कलाकारिता विधामा म्युजिक भिडियो विधा र चलचित्र विधामा आबद्ध कलाकार र प्राविधिकबीच खाडल नै थियो। तर अहिले समय यस्तो भइदियो सिनेमासँग आबद्ध कलाकारदेखि प्राविधिकहरूसम्मको बलियो कमाइ र आयस्रोत बन्यो, म्युजिक भिडियो। त्यसमाथि त झनै कोरोना कहरको समयमा म्युजिक भिडियो यिनीहरूलाई अमृतजस्तै भएर आयो।

कोरोना कहरको बीचमा चलचित्र निर्माण र प्रदर्शन ठप्प हुँदा म्युजिक भिडियो नै कलाकारलगायत यससँग आबद्ध हुनेहरूको चुल्हो बाल्ने सशक्त र बलियो आधार बनिदियो। कुनै समय म्युजिक भिडियोमा पनि काम गर्ने र भनेर नाक खुम्च्याउने सिनेमाको पर्दामा चलेका अभिनेता, अभिनेत्रीहरूलाई दाम, नाम रकम दिने बलियो विधा नै बन्यो म्युजिक भिडियो। अहिले नेपालमा औसत रूपमा दिनमा ५ देखि १० वटासम्म म्युजिक भिडियो बन्ने गरेको आँकडा नेपाल म्युजिक भिडियो निर्देशक समाजसँग छ।

समाजका अध्यक्ष विधान कार्कीका अनुसार यो आँकडा कोरोना कहरको समयमा झनै बढेको थियो। एउटा भिडियोको औसत बजेट २ देखि १० लाखसम्म रहेको र केहीको बजेट त २० लाख पनि पुगेको छ। पछिल्लो चर्चित भिडियो ‘भीरमा सेती गाई’, बोलको गीतको भिडियोको गीत रेकर्डदेखि म्युजिक भिडियो निर्माणसम्म २० लाख बजेट पुगेको थियो। पहिलो कोरोना कहरदेखि दोस्रो कोरोना कहरसम्म सबैभन्दा बढी म्युजिक भिडियो बनाउने निर्देशकहरूमा विधान कार्की पनि पर्छन्। उनले ६० वटा भिडियो बनाएका थिए– ‘कोरोना कहरको दुई वर्षमा मात्र पाँच हजारको हाराहारीमा म्युजिक भिडियो बनेको आँकडा छ।

सामान्यतया पहिला वर्षमा एक हजारदेखि १५ सयको हाराहारीमा म्युजिक भिडियो बन्दथ्यो भने कोरोना र लकडाउनको बीचमा भिडियोको निर्माणले नयाँ रेकर्ड नै राख्यो। कलाकार, प्राविधिक र भिडियो निर्देशकहरूको जीवनशैलीमा नै परिवर्तन ल्यायो– ‘एकातिर चलचित्रहरूको काम ठप्प अर्कोतिर सिनेमा हलहरू बन्द। हाम्रो त बिजोग नै थियो। हामीलाई यस्तो परिस्थितिमा बचाएकै भिडियोले हो।’ नायक तथा मोडल पुष्प खड्काको भनाइ छ। कोरोना कहर र लकडाउनको बीचमा बनेका भिडियोले सामाजिक सञ्जाल र टेलिभिजनमा भिडियो हेरेर दर्शकले पनि मनोरञ्जन लिएका थिए। 

नेपालमा वर्षमा सरदर ८० देखि ९० वटाको हाराहारीमा चलचित्र बन्थे। यसमा एउटा चलचित्रमा सरदर १ करोडदेखि २ करोडसम्म लगानी गर्ने गरिन्छ। यो हिसाबले नेपाली चलचित्र क्षेत्रमा वर्षमा १ अर्बदेखि २ अर्बसम्म लगानी हुने गरेको आँकडा छ। कोरोना कहरको बीचमा सिनेमा निर्माण र प्रदर्शन ठप्प हुँदा कलाकार र प्राविधिकहरूलाई जीवन धान्न पनि गाह्रो भएको अवस्थामा म्युजिक भिडियो सञ्जीवनी बुटी भएर आएको थियो। यस हिसाबले कोरोना कहरको बीचमा मात्र पाँच हजार भिडियो बन्दा दुई अर्ब रुपैयाँ लगानी भएको देखिन्छ। 
भिडियोमा काम गर्ने कलाकारको जीवनस्तर पनि कोरोना कहरको बीचमा बनेका भिडियोहरूले उकासी दिएको थियो। एउटा भिडियो खेलेबापत २५ हजारदेखि ३ लाखसम्म पारिश्रमिक पाए कलाकारले। राजेश हमाल, करिश्मा मानन्धर, पुष्प खड्का, पल शाह, आँचल शर्मा, स्वस्तिमा खड्का, पूजा शर्माजस्ता सिनेमामा जमेका हस्तीलाई व्यस्त मात्र बनाएन भिडियोले, बरु नवप्रवेशीलाई स्थापित पनि गरायो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.