भारतले चीनलाई भन्यो: दुबैतर्फबाट सीमा सुरक्षा फौज फिर्ता गरौँ

भारतले चीनलाई भन्यो: दुबैतर्फबाट सीमा सुरक्षा फौज फिर्ता गरौँ

नयाँ दिल्लीः चीनसँगको हिमाली सीमा क्षेत्रमा खटिएका दुबै देशका सुरक्षा फौज फिर्ता गर्न भारतले चीनसमक्ष प्रस्ताव राखेको छ ।

विवादित हिमाली सीमामा खटिएको सुरक्षा फौज फिर्ता गरेमात्र दुईपक्षीय सम्बन्ध राम्रो हुने भन्दै भारतले चीन समक्ष यस्तो प्रस्ताव राखेको हो । भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यी बीच बिहीबार दुसान्वेमा आयोजित क्षत्रीय भेलाको अवसरमा भेट भएको थियो ।

उनीहरुको भेटमा सीमा सुरक्षा सम्बन्धमा छलफल भएको थियो । यस अवसरमा भारतीय विदेशमन्त्रीले आफूहरुको विवादित हिमालयन बोर्डरमा खटिएका चीन र भारतका सेना फिर्ता गरे मात्र दुईपक्षीय सम्बन्ध राम्रो हुने बताएका हुन् ।

उक्त भेटपछि विदेशमन्त्री जयशंकरले ट्वीटरमार्फत भनेका छन्, ‘भेटमा सीमा क्षेत्रबाट सेनालाई हटाउने सम्बन्धमा छलफल भयो । हिमालयन सीमा क्षेत्रमा खटिएका चीन र भारतका सेनालाई दुबै देशले हटाएमा दुबै देशबीच सम्बन्ध राम्रो हुनेछ । दुई पक्षीय विकासको लागि सीमाबाट सेना हटाउन आवश्यक छ ।’

हजारौँ भारतीय र चिनियाँ सैनिक सीमावर्ती हिमालयन क्षेत्रमा खटिएका छन् । दशकौँ लामो हिमालयन क्षेत्रको सीमा विवादमा गत वर्षदेखि दुबै देशका सेनाबीच टकराव जारी छ । सीमा विवादका कारण करिब एक दकशपछि तनाव सिर्जना हुँदा दुबै देशका सैनिकको मृत्यु भएको थियो ।

यद्यपि, चीन र भारतको सीमा विवाद चीनले सहजै सम्हाल्दै आएको चिनियाँ विदेशमन्त्री वाङले बताएका छन् । ‘चीनले सधैँ दुई देशबीच सीमा विवाद सकारात्मक तरिकाले सम्हाल्दै आएको छ’ उनले भनेका छन्, ‘सीमा क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्न र सीमा क्षेत्रमा हुने टकराव कम गर्न दुबै देशले सँगै काम गर्नुपर्छ ।’

सीमा विवादकै कारण चीन र भारतबीच सन् १९६२ मा युद्ध भएको थियो । जुन हालसम्म समाधान हुन सकेको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच शुक्रबार भर्चुअल माध्यमबाट भेट हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.